बाख्रा चराउन गएकी धुशियाको हात्तीले लियो ज्यान — OSNepal

बाख्रा चराउन गएकी धुशियाको हात्तीले लियो ज्यान

LC (KTM) January 02, 2022 0

बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । आक्रमणबाट राजापुर नगरपालिका–९ की ५४ वर्षीया धुशिया थारुको मृत्यु भएको हो ।आज दिउँसो नेपाल–भारत दशगजा क्षेत्रमा बाख्रा चराउने क्रममा जङ्गली हात्तीको आक्रमणमा परी थारुको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो । थारुको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र राजापुर लगिएको कार्कीले बताउनुभयो ।

नियुक्ति पत्र प्रदान-महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समितिका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गर्नुभएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार नियुक्त भएका रेडक्रसका पदाधिकारी र सदस्यलाई मन्त्री रेग्मीले नियुक्ति पत्र प्रदान गर्नुभएको हो ।

मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री रेग्मीले तदर्थ समितिलाई तीन महिनाभित्र अधिवेशन सम्पन्न गर्न निर्देशन दिनुभएको छ । “तीन महिनाभित्र अधिवेशन सम्पन्न गर्नुहोला’’, मन्त्री रेग्मीले भन्नुभयो, “नयाँ कार्य समिति चयन गर्न तपाईंहरु सफल हुनुहोस् ।’’

यसअघि केपी ओली नेतृत्वले नियुक्त गरेका तदर्थ समितिले अधिवेशन गर्न सकेको थिएन । वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारले नयाँ समितिको चुनाव तीन महिनाभित्र गर्ने कार्यादेश दिएर तदर्थ समिति गठन गरेको मन्त्री रेग्मीले जानकारी दिनुभयो । “फेरि तीन महिना थप्नुपर्ने अवस्था नआओस्’’, कार्यकाल सफलताको शुभकामना दिँदै उहाँले विधि, विधान मानेर प्रक्रियाअनुसार तीन महिनाभित्र अधिवेशन गराउन तदर्थ समितिलाई निर्देशन दिनुभयो । अघिल्लो सरकारले रेडक्रसलाई छिन्नभिन्न बनाउने काम गरेको बताउँदै मन्त्री रेग्मीले कानूनविपरीत काम गर्दा रेडक्रसका कर्मचारी आन्दोलित बनेको उल्लेख गर्नुभयो ।

उहाँले तदर्थ समितिलाई तत्काल रेडक्रसमा भइरहेको कर्मचारीको आन्दोलन रोक्न र कर्मचारीको सुरक्षा गर्न तदर्थ समितिलाई निर्देशन दिनुभयो । मन्त्री रेग्मीको निर्देशनपछि नियुक्तिपत्र बुझेर रेडक्रसमा पुगेको तदर्थ समितिले कर्मचारीको आन्दोलन स्थगित गराएको छ । मन्त्री रेग्मीको निर्देशनपछि नै तदर्थ समितिका नवनियुक्त अध्यक्ष सुदर्शनप्रसाद नेपालले भोलिसम्म कर्मचारीका जायज माग सम्बोधन गर्न वार्ता समिति नै बनाउने प्रतिबद्धता जनाएको मन्त्री रेग्मीको निजी सचिवालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर