माओवादी केन्द्रीय सदस्य घोषणा : प्रचण्ड परिवारबाट चार जना — OSNepal

माओवादी केन्द्रीय सदस्य घोषणा : प्रचण्ड परिवारबाट चार जना

LC (KTM) January 02, 2022 0

काठमाडौं, १८ पुस-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी महाधिवेशनमा केन्द्रीय सदस्यहरुको घोषणा गरेका छन् ।आइतबार साँझ प्रचण्डले कमलादीस्थित प्रज्ञा भवनमा केन्द्रीय सदस्यहरुको नाम घोषणा गरेका हुन् ।

२३६ जनाको नाम घोषणा गर्दा प्रचण्डले आफूसहति परिवारका तीन जनालाई केन्द्रीय समितिमा अटाएका छन् ।उनले आफ्नो नाम समेत केन्द्रीय सदस्यमा पार्दा खस आर्य पुरुष तर्फको एक नम्बरमा भाइ नारायणप्रसाद दाहाललाई राखेका छन् ।

त्यस्तै भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई प्रचण्डले खस आर्य महिलातर्फबाट केन्द्रीय सदस्य बनाएका हुन् । त्यस्तै बुहारी विना मगर पनि केन्द्रीय सदस्यमा अटाएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर