जिल्ला अस्पतालको अनुगमन गर्न पाँचथर पुगे सामाजिक बिकास मन्त्री यादव — OSNepal

जिल्ला अस्पतालको अनुगमन गर्न पाँचथर पुगे सामाजिक बिकास मन्त्री यादव

LC (KTM) January 02, 2022 0

प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले स्वास्थ्य कार्यालय पाँचथर र जिल्ला अस्पतालको अनुगमन गर्नु भएको छ । स्वास्थ्य कार्यालयको आज अनुगमन पछि उहाँले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको तयारीका लागि निर्देशन दिनुभएको छ । उहाँले कोरोनाको पहिलो र दोश्रो लहर भएको तयारीबारे पनि जानकारी लिनुभएको थियो ।

स्वास्थ्य कार्यालयका निमित्त प्रमुख तेजबहादुर तुम्वापोले पहिलो लहरमा क्वारेन्टाईनलाई प्राथमिकतामा राखेर काम गरिएको र दोश्रो लहरमा होम क्वारेन्टाईनलाई प्राथमिकता दिएर काम गरेको बताउनु भयो । उहाँले होमक्वारेन्टनका कारण संक्रण फैलिएको पनि अवगत गराउनु भएको थियो । निमित्त प्रमुख तुम्वापोले संस्थागत क्वारेन्टाईन, आईसोलेसनलाई जोड दिनुभएको थियो ।

उहाँले स्वास्थ्य कार्यालयका लागि आवस्यक वजेट विनियोजन नभएको बताउनु भएको थियो । मन्त्री यादवले आजै जिल्ला अस्पताल पाँचथरको पनि अनुगनम गर्नुभएको थियो । उहाँले अस्पतालको सवै वार्डको अनुगमन गर्नुभएको मन्त्री यादवका स्वकीय सचिव देवेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर