अनुहारको छाला चम्किलो बनाउन अपनाउनुस् यी ३ घरेलु उपाय, जस्ले तपाईँको छालालाई सात दिनमै बनाउँछ यस्तो आकर्षक — OSNepal

अनुहारको छाला चम्किलो बनाउन अपनाउनुस् यी ३ घरेलु उपाय, जस्ले तपाईँको छालालाई सात दिनमै बनाउँछ यस्तो आकर्षक

LC (KTM) May 31, 2021 0

काठमाडौ । भान्सामै हुने कतिपय औषधिहरुले तपाईंको छालालाई निकै फाइदा पुर्याउँछ । भान्सामा पाइने विभिन्न चीजहरुको प्रयोगबाट अनुहारमा भएको दागदब्बा र फोहोर हटाउन सकिन्छ । मह र टमाटरको लेपलाई आफ्नो अनुहरामा लगाउनुस् । जस्ले तपाईँको अनुहारमा देखिने चाउरी र बुढोपन हटाउन मद्दत गर्छ ।

यसको प्याक बनाउनका लागि आधा कप टमाटरको लेदोमा १ चिया चम्चा शुद्ध मह मिसाउने र अनुहारमा लगाउने । १५ मिनेटसम्म उक्त प्याक अनुहारमा राखेर चिसो पानीले मुख धुने । महमा प्राकृतिक एन्टिसेप्टिक, किटाणुरोधी र एन्टिइन्फ्लेमेटरी गुण हुन्छ । जसले अनुहारलाई दागरहित बनाउँछ । यसका साथै टमाटरमा पाइने विभिन्न पोषक तत्वले अनुहारको छालालाई स्वस्थ्य राख्छ । टमाटरमा हुने भिटामिन सीले अनुहारको दागधब्बा हटाउँछ । पोटाशियम र म्याग्नेशियम हुने भएकाले यी चिजले तपाईंको छालालाई मोस्चराइज र चमक प्रदान गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर