इंग्लिस प्रिमियर लिग : ब्राइटनसँग एभर्टन पराजित — OSNepal

इंग्लिस प्रिमियर लिग : ब्राइटनसँग एभर्टन पराजित

LC (KTM) January 03, 2022 0

इंग्लिस प्रिमियर लिग फुटबलमा आफ्नै घरेलु मैदानमा एभर्टन पराजित भएको छ। राति सम्पन्न खेलमा ब्राइटनसँग एभर्टन तीन दुई गोल अन्तरले स्तब्ध भएको हो । दुबै टोली बिचको खेल निक्कै संघर्षपुर्ण रहेको थियो । ब्राइटनलाई जित दिलाउन म्याक एलिस्टरले दुई गोलको योगदान दिए भने डान बर्नको नाममा एक गोल रह्यो । एभर्टनका एन्थोनी गोर्डनले दुई गोल फर्काए ।

तर पनि हारलाई टार्न सकेनन् । एभर्टनका काल्भार्ट लेविनले पेनाल्टीमा गोल गर्न नसके पछि एर्भटन पराजित हुन पुग्यो । आजको यो हारसँगै एभर्टन १९ अंकका साथ १५ औं स्थानमा रहेको छ । ब्राइटन २७ अंकका साथमा आठौं स्थानमा रहेको छ । प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा ब्रेन्टफोर्डले एस्टन भिल्लालाई दुई एक गोल दुई एक गोल अन्तररले हराएको छ । लिड्स युनाईटेडले बर्नलीलाई तीन एक गोल अन्तरले स्तब्ध बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर