बाख्रा चराउ जंगल गएकी ५४ वर्षीया धुशिया सदाका लागि अस्ताइन — OSNepal

बाख्रा चराउ जंगल गएकी ५४ वर्षीया धुशिया सदाका लागि अस्ताइन

LC (KTM) January 03, 2022 0

बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । आक्रमणबाट राजापुर नगरपालिका–९ की ५४ वर्षीया धुशिया थारुको मृत्यु भएको हो ।
आइतबार दिउँसो नेपाल–भारत दशगजा क्षेत्रमा बाख्रा चराउने क्रममा जङ्गली हात्तीको आक्रमणमा परी थारुको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो ।

थारुको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र राजापुर लगिएको कार्कीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर