अक्षयका कारण दुई समाजबीच आरोप प्रत्यारोप — OSNepal

अक्षयका कारण दुई समाजबीच आरोप प्रत्यारोप

LC (KTM) January 03, 2022 0

काठमाडौं, १९ पुस -बलिउड अभिनेता अक्षय कुमारको प्रदर्शनोन्मुख फिल्म ‘पृथ्वीराज’लाई लिएर गुर्जर र राजपूत समाजबीच आरोपप्रत्यारोप सुरु भएको छ । यो फिल्मविरुद्ध राजस्थानको अजमेरमा विरोध प्रदर्शन भइरहेको छ । फिल्ममा पृथ्वीराज चौहानलाई राजपुत समाजको भनी देखाइएको छ । जबकी गर्जुर समाजले पृथ्वीराजलाई आफ्नो समुदायको भनी दाबी गरिरहेको छ ।

यहीकारण गुर्जर समाज अजमेरको वैशालीस्थित भगवान देवनारायण मन्दिरमा बसेर प्रदर्शन गरिरहेका छन् । यता राजपूत समाजले पृथ्वीराज चौहान राजपूत रहेकाले यसलाई प्रमाणित गर्न आवश्यक नरहेको जनाएको छ । राजपूत नेता भंवर सिंहले वास्तविकतालाई बद्ल्न नसकिने भएकाले पृथ्वीराज चौहान राजपूत नै रहेको दाबी गरे ।

यो विवादका कारण गुर्जर समाजले अजमेर जिल्ला कलेक्टरलाई ज्ञापन पत्र बुझाउदै फिल्मको रिलिजमा रोक लगाउन माग गरेका छन् । ज्ञापन पत्रमा समाजका प्रतिनिधिले पहिला फिल्म हेरेपछि मात्र रिलिज गर्न दिन मिल्ने वा नमिल्ने भनी लेखिएको छ । गुर्जर समाजले राज्यका मुख्यमन्त्री अशोक गहलोतलाई पनि ज्ञापन पत्र पठाएका छन् ।

चन्द्रप्रकाश द्विवेदीको निर्देशनमा बनेको ऐतिहासिक ड्रामा फिल्म ‘पृथ्वीराज’ भारतका वीर सपूत पृथ्वीराज चौहानमा आधारित छ । फिल्ममा अक्षय कुमारले पृथ्वीराजको मुख्य भूमिका निर्वाह गरेका छन् । फिल्ममा ‘मिस वर्ल्ड ’ मानुषी छिल्लरले पनि अभिनय गरेकी छन् । यो उनको डेब्यू फिल्म हो । उनले संयोगिताको भूमिका निर्वाह गरेकी छन् । फिल्ममा सञ्जय दत्त, सोनू सूद र मानव विजको पनि अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर