बिहे पछि पनि सलमानलाई कट्रिनाले दिइन तीन लाख भारतीय रुपियाँ पर्ने सुनको ब्रासलेट उपहार — OSNepal

बिहे पछि पनि सलमानलाई कट्रिनाले दिइन तीन लाख भारतीय रुपियाँ पर्ने सुनको ब्रासलेट उपहार

LC (KTM) January 03, 2022 0

बलिउड अभिनेता सलमान खानले हालै आफ्नो ५६औँ जन्मदिन मनाए । पारिवारिक सदस्य र बलिउड सेलिब्रेटीसम्म सहभागी भएको उनको जन्मदिन समारोहमा सलमानकी पूर्वप्रेमीका तथा बलिउड नायिका कट्रिना कैफको पनि सहभागिता रहेका कारण उनको जन्मदिनको समाचारले सञ्चार माध्यममा निकै चर्चा बटुल्न सफल भयो।

चर्चा उनले जन्मदिनमा पाएका महँगा उपहारहरूको थियो। सलमानलाई उनको पूर्व प्रेमिका कट्रिनाले तीन लाख भारतीय रुपियाँ बराबरको सुनको ब्रासलेट उपहार दिइन्। त्यसो त केही दिनअघि भएको कट्रिना र विक्की कौशलको विवाह समारोहमा सहभागी नभए पनि सलमानले उनीहरूलाई तीन करोडको रेन्ज रोभर कार उपहार पठाएका थिए।

सलमानलाई अभिनेता नेपाल समचारपत्रमा खबर छ । अनिल कपुरले २७ लाखको निकै महँगो छालाको ज्याकेट उपहार दिए भने सञ्जय दत्तले आठ लाख रुपियाँको घडी उपहार दिए। उपहार दिने मामलामा अभिनेत्रीहरु पनि कम देखिएनन्। सलमानलाई अभिनेत्री शिल्पा शेट्ठीले १७ लाखको हिराको ब्रासलेट र ज्याकलिन फर्नान्डिसले १२ लाखको घडी गिफ्ट गरेकी थिइन् ।

चिसोका कारण हुम्लाका विद्यालयमा पठनपाठन बन्द-उच्च हिमाली जिल्ला हुम्लामा चिसो अत्यधिक बढ्दै गएपछि सामुदायिक तथा निजी विद्यालयले पठनपाठन बन्द गरेका छन् । सात स्थानीय तह रहेको हुम्लामा हिउँदे बिदाले पुस र माघ दुई महिना यहाँका विद्यालयमा पठनपाठन बन्द हुने गर्दछ ।

चिसो अत्यधिक बढेसँगै यहाँका स्थानीय तहले विद्यालयमा हिउँदे बिदा दिने गरेका छन् । जिल्लाका सातमध्ये छ गाउँपालिकाका विद्यालय हिउँदे बिदाले बन्द भएका छन् । जिल्लाको सदरमुकाम रहेको सिमकोट गाउँपालिकासहित नाम्खा, खार्पुनाथ, सर्केगाड र ताँजाकोट गाउँपालिकामा रहेका सामुदायिक तथा निजी विद्यालय बन्द भएका छन् । सिमकोट गाउँपालिकाले यसअघि नै आफ्ना माताहतमा रहेका निजी तथा सामुदायिक विद्यालयलाई यही पुस १५ गतेपछि बन्द गर्न निर्देशन दिइसकेको थियो ।

जाडो मौसमको सुरुआत भएसँगै चिसोले असहज भएपछि वार्षिक परीक्षाअगावै विद्यालय बन्द गरिएको छ । विगतका वर्षमा यो समय हुम्लामा अन्तिम परीक्षाको नतिजा निकालिए पनि गत वर्ष कोरोना सङ्क्रमणका कारण र यस वर्ष विद्यालय ढिला खुलेकाले परीक्षा नै लिन नसकिएको मानसरोवर माध्यामिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले बताउनुभयो ।

फागुन महिनाबाट हुम्लामा नयाँ शैक्षिकसत्रका लागि भर्ना लिएर पठनपाठन हुने गर्दथ्यो । यस वर्ष कतै त्रैमासिक र कतै अर्धवार्षिक परीक्षा मात्रै सकिएको छ । वार्षिक परीक्षा अब सिधै फागुनमा विद्यालय सञ्चालनमा आएपछि कहिले गर्ने भन्ने थाहा हुने प्राध्यापक शाहीले बताउनुभयो ।

अत्यधिक जाडोका कारण उत्तरी नाम्खा गाउँपालिकामा रहेका अधिकांश विद्यालय यसअघि मङ्सिरमै परीक्षा सम्पन्न गरेर बन्द भइसकेका छन् । कोरोना भाइरस सङ्क्रमणका कारण विद्यालयमा नियमित पठनपाठन भएको थिएन् । हुम्लामा गत जेठबाट मात्रै जिल्लाका विद्यालयले पठनपाठन सञ्चालनमा ल्याएका थिए ।

जिल्लामा १५१ सामुदायिक विद्यालय रहेकामा १२६ बन्द भएको जानकारी प्राप्त भएको छ । यसमा २७ मावि र १२४ आधारभूत विद्यालय रहेका छन् । चङ्खेलीका २५ विद्यालयमा भने हिउँदभरि नियमित पठनपाठन हुने भएको छ । जिल्लाका अन्य छ वटा स्थानीय तहले आफ्ना मातहतका विद्यालय चिसोका कारण बन्द गरे पनि चङ्खेली गाउँपालिकाले भने नियमित पठनपाठन कार्यलाई जारी राख्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर