लुम्बिनी प्रदेश राष्ट्रिय सभा सदस्यको उपनिवार्चन : २ सय ९७ मत खस्यो ,केहि बेरमै मतगणा हुने — OSNepal

लुम्बिनी प्रदेश राष्ट्रिय सभा सदस्यको उपनिवार्चन : २ सय ९७ मत खस्यो ,केहि बेरमै मतगणा हुने

LC (KTM) May 31, 2021 0

काठमाडौँ १७ जेठ । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यको लागि भएको उपनिवार्चनको मतदान कार्यक्रम सम्पन्न भएको छ । आज बिहान नौ बजेबाट सुरु भएको मतदान तोकिएको समय अगावै सम्पन्न भएको हो ।

कुल ३ सय मतदाता रहेकोमा २ सय ९७ जनाले मतदान दिएकोमा तिन जना भने आउन बाँकी रहेका छन् ।जसमा बाँकेको नेपालगञ्ज उपमहानगरका मेयर धवलशंसेर राणा, बांकेकै नरैनापुर गाउपँंलिकाका अध्यक्ष ईस्तियाक अहमद शाह र गुल्मीको गुल्मीदरवार गाउपालिकाका अध्यक्ष अशोक थापा रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

उपनिर्वाचनमा नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली कांग्रेससहितको गठबन्धनका दृगनारायण पाण्डे चुनावी मैदानमा उत्रिएका छन् । पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर