इमरान खानकी पूर्वपत्नी रिहाम खानको आक्रोशः यही हो नयाँ पाकिस्तान ? — OSNepal

इमरान खानकी पूर्वपत्नी रिहाम खानको आक्रोशः यही हो नयाँ पाकिस्तान ?

LC (KTM) January 03, 2022 0

इस्लामाबाद, १९ पुस-पाकिस्तानका प्रधानमन्त्री इमरान खानकी पूर्वपत्नी रिहाम खानले देशको शान्ति सुरक्षा र कानुनी व्यवस्थाप्रति आक्रोश पोखेकी छिन् । आफ्नो कारमा आगजनी भएपछि पूर्वपत्नी रिहामले सरकारप्रति आक्रोश पोखेकी हुन् ।

शृंखलाबद्ध ट्विटमा रिहामले प्रश्न गरेकी छिन्, ‘यही हो इमरान खानको नयाँ पाकिस्तान?’ एउटा अज्ञात समूहले आईतबार राती रिहामको गाडीमा आगाे लगाइदिएकाे थियो । आगजनीको समयमा गाडीभित्र रिहामका सहयोगी र चालक थिए ।

‘भतिजाको विवाहमा सहभागी भएर फर्किने क्रममा मोटरसाइकलमा आएका दुई जनाले मेरो गाडीमा आगजानी गरेका छन् । आगजानी हुँदा मेरा सहयोगी र चालक गाडीभित्रै थिए । यही हो इमरानको नयाँ पाकिस्तान ? ठग र लोभीको सरकारलाई स्वागत छ,’ उनले ट्विट गरेकी छिन् ।

सरकारको प्रखर आलोचकसमेत रहेकी रिहामले आगजनीको जिम्मा सरकारले लिनुपर्ने बताएकी छिन् ।

दन्डहीनताका कारण खान नेतृत्वको सरकारमा गुन्डागर्दी र डकैतीले प्रश्रय पाएको उनको भनाई छ । ‘म औषत पाकिस्तानीजस्तै बाँच्न र मर्न चाहन्छु । कातरपूर्ण हमला वा दन्डहीनता जेसुकै भए पनि आक्रमणको जिम्मा सरकारले लिनुपर्छ ,’ उनले लेखेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर