गायिका मेघा केभिनको स्वर रहेको ‘म त तिम्रै हुँ’ को म्युजिक भिडियो सार्वजनिक — OSNepal

गायिका मेघा केभिनको स्वर रहेको ‘म त तिम्रै हुँ’ को म्युजिक भिडियो सार्वजनिक

LC (KTM) January 03, 2022 0

अमेरिकामा बसेर नेपाली सङ्गीतमा सक्रिय सङ्गीतकार अम्बर तुम्बापो सुब्बा र गीतकार रिमा श्रेष्ठको सहकार्यमा तयार पारिएको फरक धारको म्युजिक भिडियो ‘म त तिम्रै हुँ’ सार्वजनिक भएको छ ।

रोमाञ्चक यस गीतमा गायिका मेघा श्रेष्ठ र गायक केभिन ग्लान तामाङको स्वर रहेको छ । गीतमा सुजिल कर्माचार्यले सङ्गीत संयोजन गर्नुभएको छ । म्युजिक भिडियोमा सन्नी सिंह र कुसुम गुरुङबीचको प्रेम र रोमान्सलाई दृश्यमा प्रस्तुत गरिएको छ ।

दीपकराज सुनारले छायाङ्कन गरेको भिडियोलाई भूपेन्द्र अधिकारीले सम्पादन गर्नुभएको हो । विवेक रसाइलीको निर्देशनमा भिडियो तयार पारिएको हो । कुशल गुरुङ र तुम्बापो परिवार निर्माता रहेको म्युजिक भिडियोलाई सङ्गीतकार सुब्बाको च्यानल ‘अम्बर तुम्बापो सुब्बा अफिसिएल’ मार्फत सार्वजनिक गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर