पदाधिकारी चयन नै नगरी सकिएको माओवादीको बैठक ,अब अर्को बैठक पौष २४ गते बस्दै — OSNepal

पदाधिकारी चयन नै नगरी सकिएको माओवादीको बैठक ,अब अर्को बैठक पौष २४ गते बस्दै

LC (KTM) January 03, 2022 0

काठमाडौं १९ पौष । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट निर्वाचित भएका केन्द्रिय सदस्यहरुको पहिलो बैठक सकिएको छ ।

बैठक पदाधिकारी चयन नै नगरी सकिएको हो । अध्यक्ष १५ जना पदाधिकारी चयन गर्नुपर्नेमा अध्यक्षमा एकपटक फेरि प्रचण्डलाई नै चयन गरी अर्को बैठक पौष २५ गते बस्ने गरी सकिएको हो ।

अब अर्को बैठकमा पदाधिकारी, स्थायी समिति, पोलिट्ब्यूरो समितिका सदस्यहरु पनि टुंगो लगाउने नवनिर्वाचित अध्यक्ष प्रचण्डले बताएका छन् ।

यो पनि:
प्रचण्डको आदेशलाई ताली बजाऊ भनेर हाम्रो महाधिवेशनलाई अपमान गर्न खोजियो । मलाई दुःख लागेको छ ।

काठमाडौं १९ पौष । नेकपा माओवादी केन्द्रका नवनिर्वाचित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीको आठौं महाधिवेशनलाई अपमान गरेको भन्दै दुखेसो पोखेका छन् ।

महाधिवेशनबाट निर्वाचित केन्द्रिय सदस्यहरुको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

आफ्नो पार्टीको महाधिवेशनमा लोकतान्त्रिक र जनवादी विधि अपनाएको बताएका उनले भने , ‘प्रत्येक प्रदेशमा नेतृत्वमा रहेका नेतृत्वको राय र सुझावलाई लिएर हामीले नेतृत्व चयन गर्‍यौं । प्रचण्डको आदेश होइन, स्थायी समितिको साझा प्रस्तावको रुपमा नेतृत्व चयन गरिएको हो ।

साथै उनले बैठकलाई सम्बोधन गर्दै अघि भनेका छन्, ‘प्रचण्डको आदेशलाई ताली बजाऊ भनेर हाम्रो महाधिवेशनलाई अपमान गर्न खोजियो । मलाई दुःख लागेको छ ।’

यो पनि …
नेकपा माओवादी केन्द्रको अध्यक्षमा एक पटक फेरि प्रचण्ड निर्विरोध चयन

काठमाडौं १९ पौष । नेकपा माओवादी केन्द्रको अध्यक्षमा एक पटक फेरि पुष्पकमल दाहाल प्रचण्ड निर्विरोध चयन भएका छन् । पार्टीको आठौं महाधिवेशनबाट चयन भएका केन्द्रिय कमिटिहरुको बैठकले प्रचण्डलाई अध्यक्षमा चयन गरेको हो ।

प्रचण्डकै नेतृत्वमा जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया हुँदै संविधानसभा निर्वाचन र संघीयता तथा गणतन्त्रसहितको संविधान निर्माण भएको भन्दै श्रेष्ठले प्रचण्डको नाम प्रस्ताव गरेका हुन् ।

उनले राखेको प्रस्तावलाई बैठकले सर्वसम्मत पारित गरेको छ । अध्यक्ष पदमा कसैको दावी नपरेपछि प्रचण्ड निर्विरोध निर्वाचित भएको केन्द्रिय सदस्य दिनानाथ शर्माले जनाएका छन् ।

बैठकमा रायणकाजी श्रेष्ठले प्रचण्डको नाम प्रस्ताव गर्दा कृष्णबहादुर महराले समर्थन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर