आफु भन्दा १२ बर्ष कान्छा अभिनेता अर्जुन संग अभिनेत्री मलाइका यसरी गर्दैछिन् मस्ति, ट्रोल गर्ने सबै फेक भएको अर्जुनको प्रतिक्रिया — OSNepal

आफु भन्दा १२ बर्ष कान्छा अभिनेता अर्जुन संग अभिनेत्री मलाइका यसरी गर्दैछिन् मस्ति, ट्रोल गर्ने सबै फेक भएको अर्जुनको प्रतिक्रिया

LC (KTM) January 03, 2022 0

बलिउडमा यस्ता धेरै जोडी छन् जसको उमेरमा जमिन–आकाशको अन्तर रहेको छ । जसमध्ये अर्जुन कपुर र मलाइका अरोरा पनि एक हुन् । लामो समयसम्म दुवैले सबै जनाबाट लुक्दै गोप्य रूपमा डेटिङ गरिरहेका थिए । केही समयअघि मलाइका र अर्जुनले खुलेर आफ्नो प्रेम व्यक्त गरेका थिए । अहिले उनीहरुको सम्बन्ध कसैसँग पनि लुकेको छैन ।

प्रेममा उमेरको भिन्नतालाई लिएर प्रायः दुवै जना ट्रोल भइरहेका हुन्छन् । हामीले जति प्रगति गरे पनि केही कुरा आज पनि परिवर्तन भएका छैनन् । यो समाजमा केटी भन्दा केटा जति नै ठुलो किन नहोस दुनियाँलाई कुनै समस्या हुदैन । तर केटाभन्दा केटी जेठो भए समाजमा कुरा काट्न सुरु हुन्छ । मलाइका अर्जुनभन्दा १२ वर्ष जेठी छिन् ।

तर यो दुबैलाई फरक पर्दैन, तर यो दुनियाका लागि ठूलो समस्या हो। अर्जुन र मलाइका कयौं पटक उमेरका कारण ट्रोलको शिकार हुदै आएका छन् । तर यसपटक अर्जुन कपुरले सबै ट्रोलर्सलाई जवाफ फर्काएका छन् । अर्जुन कपुर भन्छन्– मिडियाले मान्छेको कमेन्ट हेर्छ, त्यसको वास्ता गर्दैन ।

अर्जुन भन्छन्, भेट्दा सेल्फी खिच्ने क्रममा मर्ने यी नै हुन् । ट्रोल गर्नेलाई फेक भन्दै अर्जुन भन्छन्–व्यक्तिगत जीवनमा जे गर्छु त्यो मेरो निजी सम्पत्ति हो । यो मेरो अधिकार पनि हो । अर्जुनले आफ्नो जीवन जिउने र अरुलाई पनि शान्तिमा बाँच्न दिने बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर