केपी ओलीका कारण देश पछाडी धकेलियो भन्दै गर्जिइन् काँग्रेस नेत्री पुष्पा भुसाल — OSNepal

केपी ओलीका कारण देश पछाडी धकेलियो भन्दै गर्जिइन् काँग्रेस नेत्री पुष्पा भुसाल

LC (KTM) January 03, 2022 0

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र गुट र भागबन्डाको अन्त्य गर्ने बताउनुभएको छ । उहाँले विधानसम्मत ढङ्गले पार्टीलाई चलाउने उल्लेख गर्नुभयो ।

नेपाली कांग्रेस पाणिनि गाउँपालिकाले आज दुर्गाफाँटमा आयोजना गरेकोे बृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा महामन्त्री थापाले कांग्रेसले गरिबीमा रहेको जनसङ्ख्यालाई कसरी उकास्ने र कसरी रोजगारी सृजना गर्ने भन्ने कुरामा जोड दिने बताउनुभयो । विदेश गएका युवाका लागि रोजगारी सृजना गर्नका लागि पार्टीले रणनीति बनाउने उहाँले उल्लेख गर्नुभयो ।

महामन्त्रीमा निवार्चित भएपछि काठमाडाँै उपत्यकाबाहिर पहिलो आमसभालाई सम्बोधन गर्दै महामन्त्री थापाले स्थानीय तहको निर्वाचन वैशाखमा हुने तथा प्रदेश र सङ्घको निर्वाचन मङ्सिरमै हुने भएकाले त्यसको तयारीमा लाग्न कांग्रेस कार्यकर्तालाई आग्रह गर्नुभयो ।

कांग्रेस केन्द्रीय सदस्य एवम संसदीय दलकी सचेतक पुष्पा भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण देश पछाडि धकेलिएको आरोप लगाउनुभयो । उहाँले जनताको बलिदानीबाट प्राप्त संविधान र गणतन्त्रको रक्षाका लागि कांग्रेस जस्तोसुकै मूल्य चुकाउन पछि नपर्ने स्पष्ट पार्नुभयो ।

कांग्रेस पाणिनिका सभापति तुल्सी पौडेलको अध्यक्षता, जिल्ला सचिव तथा पाणिनि गाउँपालिकाका अध्यक्ष अच्युत गौतमको सञ्चालन र यादवप्रसाद घिमिरेले स्वागत गर्नुभएको उक्त कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सञ्जय गौतम, कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठ, नेवि सङ्घका महामन्त्री युवराज पाण्डे, कांग्रेस प्रवेश गर्नुभएकी लक्ष्मी गौतमलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

एमालेबाट निर्वाचित पालिका उपाध्यक्ष गौतम कांग्रेसमा प्रवेश

विसं २०७४ को स्थानीय तहको निर्वाचनमा पाणिनि गाउँपालिकामा नेकपा ९एमाले०बाट उपाध्यक्षमा निर्वाचित लक्ष्मी गौतमसहित ४७५ जना कांग्रेसमा प्रवेश गरेका छन् । उहाँहरुलाई कांग्रेस थापाले पार्टी प्रवेश गरेकामा स्वागत गर्नुभएको थियो । गौतम गाउँपालिका महासङ्घको केन्द्रीय सदस्यसमेत रहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर