ओलीलाई अर्को धक्का, राष्ट्रियसभा सदस्य उपनिवार्चमा कांग्रेसका दृगनारायण पाण्डे विजयी — OSNepal

ओलीलाई अर्को धक्का, राष्ट्रियसभा सदस्य उपनिवार्चमा कांग्रेसका दृगनारायण पाण्डे विजयी

LC (KTM) May 31, 2021 0

काठमाडौँ १७ जेठ । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य उपनिवार्चमा विपक्षी गठबन्धका उम्मेदवार दृगनारायण पाण्डे विजयी भएका छन् । सत्तारुढ नेकपा एमालेका उम्‍मेदवार चन्द्रबहादुर खड्कालाई पराजित पार्दै पाण्डे लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यमा विजयी भएका हुन् ।

कांग्रेस उम्मेदवार पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले समर्थन गरेको थियो । कूल ३०० मतदाता रहेको लुम्बिनी प्रदेशमा २ सय ९७ जनाले मात्र मतदान दिएका थिए ।

पाण्डेले प्रदेशसभातर्फ ४२ र स्थानीय तह तर्फ ११८ जनाको मत पाएका छन् । खड्काले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत पाएका छन् । योसँगै सत्ता पक्षलाई भने वाग्मती प्रदेशमा जस्तै फेरि अर्को धक्का लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर