OSNepal मंगलबार, माघ ४ २०७८

ह त्या प्रयासबाट जाेगिए हेइटीका प्रधानमन्त्री, प्रथम महिला घाईते

ह त्या प्रयासबाट जाेगिए हेइटीका प्रधानमन्त्री, प्रथम महिला घाईते

  • OSNepal
  • मंगलबार, पौस २० २०७८


ह त्या प्रयासबाट जाेगिए हेइटीका प्रधानमन्त्री, प्रथम महिला घाईते
Reading Time: < 1 minute

एजेन्सी-हेइटीका प्रधानमन्त्री एरिअल आंगी ह त्या प्रयासबाट बचेका छन् । उत्तरी सहर गोनायभको एउटा गिर्जाघरमा आयोजित कार्यक्रममा सहभागी जाने क्रममा उनको ह त्या प्रयास भएको जनाइएको छ । प्रधानमन्त्री र उनको टोलीमाथि बाटोमा नै गोली प्रहार भएको थियो । गोली प्रहारबीच उनको गाडी तीव्र गतिमा हुइकिएको थियो । आक्रमणमा प्रथम महिला घाईते भएकी छिन् ।

सुरक्षाकर्मी र बन्दुकधारीहरूबीच भएको गोली हानाहानका क्रममा एक जनाको मृत्यु भएको र दुई जना घाइते भएका छन् । आ  क्रमणकारीहरु गिर्जाघरको पर्खालमा लुकेको जनाइएको छ ।

६ महिनाअघि तत्कालीन राष्ट्रपति जोभनेल मोइजको निवासमै ह त्या भएको थियो । ह त्यापछि देशको सुरक्षा व्यवस्था कमजोर रहेको भन्दै सरकारको आलोचना भएको थियो । राष्ट्रपतिको हत्यामा प्रधानमन्त्रीकै संलग्नता रहेको हुन सक्ने विपक्षीहरुले आरोप लगाउँदै आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड