OSNepal मंगलबार, माघ ११ २०७८

अभिनेत्री नोरा फतेहीसहित अर्जुन कपुरलाई पनि लाग्यो कोरोना, सुटिङ स्थगित

अभिनेत्री नोरा फतेहीसहित अर्जुन कपुरलाई पनि लाग्यो कोरोना, सुटिङ स्थगित

  • OSNepal
  • मंगलबार, पौस २० २०७८


अभिनेत्री नोरा फतेहीसहित अर्जुन कपुरलाई पनि लाग्यो कोरोना, सुटिङ स्थगित
Reading Time: < 1 minute

मुम्बई । भारतमा तिब्र रुपमा कोरोना बढेपछि बलिउडमा यसको असर परेको छ । अहिले आधा दर्जन कलाकारहरु कोभिडको शिकार भएका छन् । अभिनेत्री नोरा फतेही, अभिनेताहरु अर्जुन कपुर, रणवीर शौरी यतीबेला कोरोना बिरुद्ध लडिरहेका छन् । यी मध्ये केही कलाकार घरमै उपचार गर्दैछन् । कोही भने अस्पतालमा छन् ।

यस्तै कोरोना सँक्रमित भएकी अभिनेत्री करिना कपुर, अमृता अरोडाले भने कोरोना जितेका छन् । अर्का अभिनेता जोन अब्राहम दुई दिन अघि मात्र कोरोना सँक्रमित भएका छन् । उनले इन्टाग्राममार्फत आफु र पत्नी प्रिया कोरोना संक्रमित भएको बताएका छन् । अहिले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जोनले जानकारी गराएका छन् ।

यस्तै महाराष्ट्र सरकारले मुम्बई लगायतका शहरको फिल्म हल बन्द गर्नुका साथै सामुहिक भेला हुन रोक लगाएको छ । राजधानि दैनिकमा खबर छ । जसका कारण यतीबेला छायाँकनमा रहेका बलिउडका विभिन्न फिल्म तथा टेलिफिल्मको छायाँकन प्रभावित भएको छ । अहिले अक्षय कुमार, सलमान खानसहित विभिन्न कलाकारहरुको फिल्म सुटिङमा थियो । कोरोनाका कारण फिल्मको छायाँकन पनि प्रभावित भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड