विमानको शौचालयभित्र नवजात शिशु भेटियो, एक महिला पक्राउ — OSNepal

विमानको शौचालयभित्र नवजात शिशु भेटियो, एक महिला पक्राउ

LC (KTM) January 04, 2022 0

एजेन्सी-विमानको शौचालयमा फोहोर फाल्ने भाँडोमा एउटा नवजात शिशु फेला परेको छ । यो घटना हो एअर मरिशश विमानमा भएको । मरिशशका कर्मचारीले विमानको शौचालयमा उक्त बच्चा फेला पारेको समाचारमा जनाइएको छ ।एअर मरिशशको उक्त विमान जनवरी १ मा म्याडाग्यास्करबाट सर सीवुसागुर रामगुलाम अन्तर्राष्ट्रिय विमानस्थलमा आएको थियो।

विमानस्थलका अधिकारीहरूले विमानको नियमित जाँच गर्दा त्यहाँ भर्खर जन्मिएको जीवित शिशु फेला पारेका थिए।आशंकामा प्रहरीले एक महिलालाई पक्राउ गरी चेक जाँच गर्दा ति महिला बच्चकी आमा नै भएको पुष्टि भएको छ । अहिले ती महिलालाई प्रहरीको निगरानीमा अस्पतालमै राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर