बलिउडका यि चर्चित कलाकार जो कोरोनाको सिकार भए — OSNepal

बलिउडका यि चर्चित कलाकार जो कोरोनाको सिकार भए

LC (KTM) January 04, 2022 0

भारतमा कोरोनाभाइरसको कहर एकपटक पुनः तीव्र गतिमा बढिरहेको छ । ओमिक्रोनको आतंक बलिउडमा पनि देखिएको छ ।
हालैको सात दिनमा बलिउडमा सात कलाकारमा कोरोना संक्रमण देखियो । जोन अब्राहम, एकता कपुर, मृणाल ठाकुर, नोरा फतेही, प्रेम चोपडा र डेलनाज इरानीलगायत कैयौं कलाकारहरू कोभिड–१९ को चपेटामा परे ।

अभिनेता प्रेम चोपडा र उनकी पत्नी उमा चोपडालाई सोमबार कोरोना संक्रमण भयो । उनीहरूलाई हाल मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको छ ।अभिनेता जोन अब्राहम र उनकी श्रीमती प्रियालाई पनि कोरोना पोजेटिभ देखिएको छ । उनीहरूले सामाजिक सञ्जालमार्फत यो कुराको जानकारी दिएका हुन् । ‘हामी दुवैले भ्याक्सिन लगाइसकेका छौं । हल्का लक्षणको अनुभव गरिरहेका छौं । कृपया सबै स्वस्थ रहनुहोला र मास्क लगाउनुहोला’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

निर्मात्री एकता कपूरलाई पनि कोरोना पोजेटिभ देखिएको छ । ‘सबै सावधाना अपनाउँदा अपनाउँदै मलाई कोभिड–१९ देखिएको छ । म ठिक छु र मेरो सम्पर्कमा आएका सबैलाई आफ्नो परीक्षण गराउन अनुरोध गर्दछु’, उनले भनेकी छन् ।टेलिभिजन अभिनेता नकुल मेहता र जानकी पारेखका ११ महिने छोरा सुफीलाई पनि कोरोना संक्रमण भएको छ । नकुलका अनुसार सुफीलाई मध्यरातमा अस्पताल भर्ना गरिएको छ ।

दुई दिनअघि बलिउड अभिनेत्री मृणाल ठाकुरलाई कोरोना संक्रमण भयो । उनलाई सामान्य लक्षण देखिएपछि आफैँलाई आइसोलेट गरेकी छन् । अभिनेत्री नोरा फतेहीलाई आइतबार कोरोना पोजेटिभ देखियो । उनले इन्स्टाग्राममा आफूले दुर्भाग्यपूर्ण तरिकाले कोरोनासँग लगिरहेकोले यसले सबै कामकुरा प्रभावित बनाएको उल्लेख गरेकी छन् ।

डेलनाज इरानीले ३१ डिसेम्बरमा कोरोना टेस्ट गराएकी थिइन् । जसको रिपोर्ट पोजेटिभ आएको थियो । उनी ३० डिसेम्बरसम्म काममै व्यस्त थिइन् ।यसअघि करिना कपुर खान, अर्जुन कपुरलगायतलाई पनि कोरोना संक्रमण देखिएको थियो । केही समयअघि निर्माता करण जोहारले राखेको पार्टीपछि बलिउडकर्मीमा व्यापक रुपमा कोरोना संक्रमण पाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर