OSNepal मंगलबार, माघ ११ २०७८

चालक तथा सहचालकको नि:शुल्क स्वास्थ्य परीक्षण

चालक तथा सहचालकको नि:शुल्क स्वास्थ्य परीक्षण

  • OSNepal
  • मंगलबार, पौस २० २०७८


चालक तथा सहचालकको नि:शुल्क स्वास्थ्य परीक्षण
Reading Time: < 1 minute

अर्घाखाँची, २० पुस-अर्घाखाँची प्रहरीले सवारी चालक तथा सहचालकको नि:शुल्क स्वास्थ्य परीक्षणकाे व्यवस्था मिलाएकाे छ । मानवीय कारण हुने सवारी दुर्घटना न्यूनिकरणका लागि चालक तथा सहचालकलाई लक्षित गरी नि:शुल्क स्वास्थ्य परीक्षण गरेकाे प्रहरी नायब उपरीक्षक अमर थापाले जानकारी दिए ।

साे क्रममा एक सय ४१ जना चालक तथा सहचालकले स्वास्थ्य परीक्षण गरेका थिए । त्यसमध्ये १२ जनामा स्वास्थ्य समस्या देखिएको थापाले जानकारी दिए । उनका अनुसार सात जनामा रक्तचापसम्बन्धी समस्या देखिएको छ भने पाँच जनामा आँखाको समस्या देखिएको छ । स्वास्थ्यमा समस्या देखिएकालाई थप उपचारको लागि अस्पताल पठाएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रवीण आचार्यले जानकारी दिए ।

कर्यक्रममको उद्घाटन प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले गरेका थिए । कार्यक्रममा उनले गाडीको जस्तै चालक तथा सहचालकको पनि नियमित स्वास्थ्य परीक्षण गर्नु पर्ने बताए । सन्धिखर्क नगरपालिका-१ बसपार्कमा आयोजना गरिएको स्वास्थ्य परीक्षण शिविरमा उत्साहजनक रुपमा चालक तथा सहचालकको उपस्थिति थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड