कपिलवस्तुमा लु ४ त २४०२ नम्बरको ट्रयाक्टर पल्टियो — OSNepal

कपिलवस्तुमा लु ४ त २४०२ नम्बरको ट्रयाक्टर पल्टियो

LC (KTM) January 04, 2022 0

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३, रनगाईमा मङ्गलबार बिहान पल्टिएको लु ४ त २४०२ नम्बरको ट्रयाक्टर । ट्रयाक्टर पल्टिदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

स्याफ्रुबेसी रसुवागढी सडक खण्ड अवरुद्ध-सुक्खा पहिराका कारण स्याफ्रुबेसी रसुवागढी सडक खण्ड अवरुद्ध भएको छ । गोसाइँकुण्ड गाउँपालिका–३ कलाङकुलुङ आसपास क्षेत्रमा करिब ७० मिटर माथिबाट आज विहान आएको सुक्खा पहिराले राजमार्ग अवरुद्ध भएको हो । राजमार्ग अवरुद्ध भएपछि माहवाहक कन्टेनर बाटोमा नै राकिएका छन् ।

प्रमुख जिल्ला अधिकारी नवराज जैसीले पहिरो पन्छाउनका लागि स्थानीयस्तरमा सञ्चालित जलविद्युत् आयोजना र सडक कार्यालयको स्काभेटर उपकरण प्रयोगमा ल्याउन लागिएको जानकारी दिनुभयो । यसका लागि तीनवटै सुरक्षा निकाय परिचालन गरिएको उहाँले बताउनुभयो । पहिरास्थलमा निरन्तर ससाना ढुङ्गा झर्ने क्रम जारी रहेकाले पन्छाउन समस्या परेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर