पाकिस्तानमा भेटिइन् अर्कि ऐश्वर्या राय, इन्टरनेटमा फोटो तथा भिडियो भयो भाइरल — OSNepal

पाकिस्तानमा भेटिइन् अर्कि ऐश्वर्या राय, इन्टरनेटमा फोटो तथा भिडियो भयो भाइरल

LC (KTM) January 04, 2022 0

विश्वकै सुन्दर अभिनेत्री मध्येकी एक हुन् ऐश्वर्या राय बच्चन । उनको सौन्दर्यता देखेर सबैलाई विश्वस्त भइसकेको छ । उनको सुन्दरताको चर्चा बिश्वब्यापी रुपमा नै हुने गरेको छ । जति सुन्दर उति नै बौद्धिक समेत छिन् ऐश्वर्या । यसैक्रममा ऐश्वर्याको जस्तो देखिने तस्विर र भिडियो इन्टरनेटमा अहिले भाइरल भइरहेको छ ।

ऐश्वर्याको डुप्लिकेटको रुपमा एक युवती देखिए पछि अहिले सबै छक्क परेका छन् । ऐश्वर्या जस्तै देखिने ति युवतीको नाम आमना इमरान हो । उनी पाकिस्तानकी हुन् । नयाँ वर्षको अवसरमा ऐश्वर्या राय जस्तै देखिने आमना इमरानले आफ्ना भिडियो र तस्बिर पोस्ट गरेपछि उनी फेरि एकपटक सामाजिक सञ्जालमा चर्चामा छाएकी छिन् । आमनाको सौन्दर्य र ऐश्वर्या जस्तो देखिने कारणले उनी इन्टरनेटको दुनियामा निकै चर्चित भएकी छिन् ।

धेरै प्रयोगकर्ताले उनको तस्बिर र भिडियोमा कमेन्ट गर्दै ऐश्वर्या राय जस्तै भनेका छन् । आमनाको नयाँ तस्विरमा कमेन्ट गर्दै एक प्रयोगकर्ताले उनको प्रशंसा गर्दै भने( ऐश्वर्या जस्तै। माशाल्लाह। उनको भिडियोमा अर्का एक प्रयोगकर्ताले कमेन्ट गर्दै भनेका छन्– तिमी ऐश्वर्या राय जस्तो देखिन्छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर