काठमाडौँ । अन्तरजातिय विबाह गरेको १ वर्ष नपुग्दै श्रीमान् दिपेश सुनुवारले पत्नि रोजीना खड्का सुनारलाई धोका दिएर गाउँकै अर्कै युवती लिएर फरार भए ।
लामो समयसम्म पति फरार भएपछि पति दिपेशको खोजीमा रोजिना र रोजीनाकी सासु आमाले समय लगाएर खोजी गर्दा पनि फेला नपरेपछि मिडियामा आएकी रोजिनालाई ठूलो सफलता मिलेको छ । जिल्ला प्रहरी कार्यालय सिमरामा पटक पटक जाँदा पनि फेला नपरेका दिपेश अन्तत भारत पस्ने क्रममा काँकडभित्ताबाट समातिएका छन् ।
परस्त्रीसँग समातिएका दिपेशलाई प्रहरीसहितको टोली समातेर अहिले सिमराको प्रहरी चौकीमा थुनामा राखेर अनुसन्धान गरिएको छ । पतिलाई गाउँकै एक युवतीले आफ्नो माया जालमा पारेर आजको यो अवस्था आएको रोजिनाले बताइन् । हेर्नुहोस् भिडियो