सुडानी राष्ट्रपतिको कार्यालय भवन नजिकै प्रदर्शन, भीड नियन्त्रणका लागि प्रहरीद्वारा अश्रुग्यास प्रहार — OSNepal

सुडानी राष्ट्रपतिको कार्यालय भवन नजिकै प्रदर्शन, भीड नियन्त्रणका लागि प्रहरीद्वारा अश्रुग्यास प्रहार

LC (KTM) January 04, 2022 0

खार्तूम, सुडान, २० पुस-सुडानमा सैनिक सहयोगमा सञ्चालित सरकारको विरोध गर्ने क्रममा मङ्गलबार ठूलो सङ्ख्यामा भेला भएका नागरिकले राष्ट्रपति भवनबाहिर प्रदर्शन गरेका छन् । सुडानका नागरिक प्रधानमन्त्री अब्दल्ला हमडोकले राजीनामा दिएको दुई दिनपछि विरोध प्रदर्शनमा सहभागीहरूले सेना र राष्ट्रपतिविरुद्ध नारा लगाएका थिए ।

सुडानी सुरक्षा फौजले मङ्गलबार राष्ट्रपति भवनबाहिर भेला भएका सैनिक विद्रोह विरोधी प्रदर्शनकारीमाथि अश्रु ग्यास प्रहार गरेको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् । अक्टोबर २५ मा भएको सैनिक विद्रोह (कू) को नेतृत्व गर्ने सैनाविरुद्ध नाराहरू लगाउँदै सुडानका घनाबस्ती भएका ग्रामिण तथा शहरी इलाकामा प्रजातन्त्रको पक्षधर नागरिकहरूले दैनिक विरोध प्रदर्शन गर्ने गरेका छन् । ‘कू’ को विरोधमा उत्रिने नागरिकको सङ्ख्या सुरूसुरूमा नगन्य देखिने गरेको भएपनि पछिल्ला दिनहरूमा हजारौंको सङ्ख्या देखिने गरेको छ । (रासस÷एएफपी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर