सामाजिक काम गर्नकै लागि क्यालिफोर्नियामा रहेका नेपाली भुपु प्रहरीहरुले खोले संस्था — OSNepal

सामाजिक काम गर्नकै लागि क्यालिफोर्नियामा रहेका नेपाली भुपु प्रहरीहरुले खोले संस्था

LC (KTM) January 04, 2022 0

काठमाडौं । नया वर्ष २०२२ को अवसरमा अमेरिकामा रहेका नेपाली भुपु प्रहरीहरुले संस्था खोलेका छन् ।

अमेरिकाको क्यालिफोर्निया स्थित वे एरियामा र लस एन्जलस बसोवास गरिरहेका पूर्व नेपालका प्रहरीहरुले ब्लुई ब्रदर्स बे एरिया इनागुरेसन नामक सस्था दर्ता गराएका छन् ।

एक अर्कालाई अप्ठ्यारो परेको बेला सहयोग गर्ने र नेपालमा दैबिक बिपत्ति परेको बेला सहयोग गर्ने गरी यो संस्थालाई संचालनमा ल्याइएको बिष्णु केसीले जानकारी दिए । केसीका अनुसार अमेरिकामा बसोबास गर्ने सम्पूर्ण भुपू नेपाल प्रहरीलाई एउटै ठाउँमा जम्मा गर्ने उद्देश्यले यो सस्था दर्ता गरिएको हो ।

भुपु प्रहरीहरु सानू काजी लामिछाने, दल बहादुर बोगटी, देब्रन्द्र निरौला, राजा राम आधिकरी, मनोज थकुना ,बिष्णु केसी, पोस्ट राज ढकाल, छबी भट्टराई, लक्ष्मी थापा लगायत सबैको सक्रियतामा यो सस्था गठन भएको हो।

७५ जनाको हाराहारीमा उपस्थित भएर विधि पुर्बक उद्घाटन गरेका थिए । अमेरिकामा मात्र करिब दुई हजारको हाराहारीमा भुपु प्रहरीहरु बसोबास गर्दै आएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर