माफि मागे पछि चर्चित फरवार्ड लुकाकु चेल्सी मै फर्किए — OSNepal

माफि मागे पछि चर्चित फरवार्ड लुकाकु चेल्सी मै फर्किए

LC (KTM) January 05, 2022 0

हरेक खेलमा आफ्नो निपुर्णता देखाउँदै आएका चर्चित फरवार्ड रोमेलु लुकाकु चेल्सीको टिममा नै फर्किएका छन् ।चेल्सीका मुख्य प्रशिक्षक थोमस टुचेलले लुकाकु टिममा फर्किएको जानकारी दिएका छन् । लुकाकुले सार्वजनिक रुपमै चेल्सीमा आफु खुशी नभएको बताए पछि उनलाई टिम बाहिर राखिएको थियो ।

एक अन्तर्वार्तामा चेल्सीमा खुशी नभएको र इन्टर मिलान फर्कन चाहेको अभिव्यक्ति दिएका थिए लुकाकुले । त्यसपछि उनी टिम बाहिर रहदै आएका थिए । तर, माफी मागेपछि उनलाई टिममा सामेल गरिएको प्रशिक्षक टुचेलले पुष्टि गरेका छन् । टुचेलका अनुसार उनी टिममा अभ्यासमा सहभागी समेत भएका छन् ।

लुकाकुले सोमबारको प्रिमियर लिगमा लिभरपुलविरुद्धको खेल गुमाएका थिए । उनले काराबाओ कप अन्तर्गत टोटेनहमविरुद्धको खेल भने खेल्ने पक्का भएको छ । इन्टरका लागि इटालीको सिरी ए उपाधि जिते पछि उनी चेल्सीमा आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर