विश्व नम्बर एक जोकोभिचले मेलबर्नमा हुने अष्ट्रेलियन ओपन प्रतियोगितामा भाग लिने पक्का — OSNepal

विश्व नम्बर एक जोकोभिचले मेलबर्नमा हुने अष्ट्रेलियन ओपन प्रतियोगितामा भाग लिने पक्का

LC (KTM) January 05, 2022 0

अष्ट्रेलियन ओपन जनवरी १७ देखि ३० सम्म मेलबर्नमा आयोजना हुनेछ । यस प्रतियोगिताको साविक विजेता नोभाक जोकोभिचले खेल्ने नखेल्ने टुंगो लागेको थिएन । तर अब नोभाकले अष्ट्रेलियन ओपन खेल्ने भएका छन् । उनले यस प्रतियोगितामा सहभागिता जनाउन अनिबार्य गरिएको कोभिड विरुद्धको खोप लगाएपछि अष्ट्रेलियन ओपनमा सहभागिता जनाउने पक्का भएको हो ।

विश्व नम्बर एक जोकोभिचले यस कुराको पुष्टि मंगलबार गरेका हुन् । गत वर्ष जोकोभिचले नवौं पटक अष्ट्रेलियन ओपन जितेका थिए । तर, कोभिडको खोप नलगाएको कारण सर्बियन खेलाडीले अष्ट्रेलियन ओपन खेल्ने टुंगो लागेको थिएन । यस प्रतियोगितामा सहभागिता जनाउन अनिबार्य कोभिड खोप लगाएको हुनुपर्ने नियम रहेको छ । सोहि अनुसार नोभाकले पनि खोप लगाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर