स्वस्तिमा खड्का र मुकुनको अभिनय रहेको चलचित्र ‘बुलबुल’ ले तीन अवार्ड हात पार्यो — OSNepal

स्वस्तिमा खड्का र मुकुनको अभिनय रहेको चलचित्र ‘बुलबुल’ ले तीन अवार्ड हात पार्यो

LC (KTM) January 05, 2022 0

काठमाडौैं । विनोद पौडेलले निर्देशन गरेको चलचित्र ‘बुलबुल’ ले तीन अवार्ड हात पारेको छ । यसले दक्षिण एसियाली घुम्ती फिल्म फेस्टिभल ९इन्दुज भ्याली इन्टरनेसनल फिल्म फेस्टिभल० मा निर्देशन, अभिनेता र अभिनेत्री विधामा अवार्ड जित्न सफल भएको हो ।

निर्देशक पौडेलले चलचित्रले फेस्टिभलमा तीन वटा अवार्ड पाउन सफल भएको जानकारी दिए । चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता मुकुन भुसालको शीर्षं भूमिका छ ।

तीन वर्षअघि नै प्रदर्शनमा आएको यस चलचित्रमा स्वस्तिमा र मुकुनका साथमा अभिनेता बुद्धि तामाङ, उज्ज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, एलिना कार्की लगायतका कलाकारको अभिनय छ ।सौर्य दैनिकमा खबर छ । सुसन प्रजापतिले छायांकन गरेको यस चलचित्रको लेखन विनोद पौडेलको रहेको छ । पुरुषोत्तम पाण्डे, अविरल थापा, भिम थापा र राजु पौडेलले संयुक्तरुपमा चलचित्र निर्माण गरेका हुन् ।

यो पनि पढ्नुहोस्- चिसोका कारण धनुषा र सप्तरीमा दुई जनाको मृत्यु:केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण धनुषा र सप्तरीमा गरी दुई जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका–४ का ६५ वर्षीय देवनारायण ठाकुर रहेका छन् । यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला समन्वय समितिका प्रमुख रामदेव बनरैत यादवले जानकारी दिनुभयो ।

यस्तै चिसोले कठ्याङ्ग्रिएका सप्तरीका ठाकुरको उपचारका लागि अस्पताल लैजान नपाउँदै मृत्यु भएको गाउँपालिकाका उपाध्यक्ष ममता यादवले बताउनुभयो ।

अत्यधिक चिसो र शीतलहरले जनजीवन कष्टकर बन्दै गएपछि धनुषाका चार स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका, मुखियापट्टी गाउँपालिका र लक्ष्मीनियाँ गाउँपालिकाले सूचना जारी गरी विद्यालय बन्द गरिएको जनाएका छन् । चिसोका कारण टोलटोलमा दाउरा बालेर आगो ताप्ने क्रम बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर