यसकारण पछि धकेलियो बहुप्रतीक्षित चलचित्र ‘आरआरआर’ को प्रदर्शन मिति — OSNepal

यसकारण पछि धकेलियो बहुप्रतीक्षित चलचित्र ‘आरआरआर’ को प्रदर्शन मिति

LC (KTM) January 05, 2022 0

मुम्बई । निर्देशक एसएस राजामौलीको बहुप्रतीक्षित चलचित्र ‘आरआरआर’ को प्रदर्शन मिति पुनः सरेको छ । भारतमा कोरोना कहरको संक्रमण फैलिएकाले र नयाँ ओमिक्रोन भेरिएन्टको जोखिम बढेकाले चलचित्रको प्रदर्शन मिति सरेको जनाइएको छ । चर्चित दक्षिण भारतीय अभिनेता रामचरण र जुनियर एनटिआरको प्रमुख भूमिका रहेको तेलूगु भाषाको यो चलचित्र ७ जनवरीमा हलमा प्रदर्शन आउने तयारीमा थियो । डिभिभी इन्टरटेनमेन्टद्वारा निर्मित आरआरआर प्रदर्शन हुनुभन्दा छ दिनअघि यसको प्रदर्शन मिति सरेको हो ।

देशभर भव्य प्रचारात्मक गतिविधि गरिएको यो चलचित्रको रिलिज डेट सार्ने निर्णय आरआरआर चलचित्रको आधिकारिक ट्विटर खातामार्फत् जानकारी गराइएको छ । ट्विटमा लेखिएको छ, ‘सबै सम्बन्धित पक्षहरूको हितलाई ध्यानमा राख्दै हामी हाम्रो फिल्म स्थगित गर्न बाध्य भएका छौं । सबै फ्यान र दर्शकलाई निःसर्त मायाका लागि हार्दिक धन्यवाद ।’

संक्रमणका कारण धेरै राज्यमा सिनेमा हल बन्द भएकाले चलचित्र प्रदर्शन नगर्न ‘बाध्य’ भएको निर्माताको भनाइ छ । निर्माताले भनेका छन्, ‘हाम्रो अथक प्रयासको बावजुद केही परिस्थिति हाम्रो नियन्त्रणभन्दा बाहिर छन् । धेरै भारतीय राज्यले हल बन्द गर्दै छन्, हामीसँग तपाईंसामु आफ्नो उत्साह कायम राख्न अनुरोध गर्नुको विकल्प छैन । हामी भारतीय सिनेमाको माहोल फिर्ता ल्याउने वाचा गर्दछौं । सही समय, हामी गर्नेछौं ।’

प्छिल्लो समय दिल्ली प्रकोप व्यवस्थापन प्राधिकरणले सिनेमा हल र जिम सेन्टर तत्कालै प्रभावकारी रुपमा साथ बन्द गर्न आदेश दिएको थियो । पसल र सार्वजनिक यातायात सञ्चालनमा विभिन्न प्रतिबन्ध लगाइएको थियो ।सौर्य दैनिकमा खबर छ । महाराष्ट्रमा राज्य सरकारले गत हप्ता सिनेमा हललाई ५० प्रतिशत अकुपेन्सीमा सञ्चालन गर्न आदेश दिएको निर्देशन दियो । देशभर कोभिड–१९ का घटना बढेका कारण ढिलाइ भएको आरआरआर दोस्रो सिनेमा हो । यसअघि शाहिद कपुरको जर्सीको ३१ डिसेम्बरमा निर्धारित प्रदर्शन मिति स्थगित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर