ओमिक्रोन त्रासले प्रदीप खड्का अभिनित चलचित्र ‘प्रेमगीत ३’ को रिलिज रोकियो — OSNepal

ओमिक्रोन त्रासले प्रदीप खड्का अभिनित चलचित्र ‘प्रेमगीत ३’ को रिलिज रोकियो

LC (KTM) January 05, 2022 0

काठमाडौ । ओमिक्रोन भेरियन्टका कारण नेपाली चलचित्र ‘प्रेमगीत ३ को रिलिज मिति रोकिएको छ । फागुन १३ गते प्रदर्शन मिति घोषणा गरिएको यो चलचित्र अनिश्चितकालका लागि पोस्टपोन्ड भएको जनाइएको छ ।

‘प्रेमगीत ३’ का निर्माता सन्तोष सेनले फिल्मको रिलिज मिति रोकिएको फेसबुक मार्र्फत जानकारी गराएका हुन् । हिन्दी भाषामा डबिग गरिएको उक्त चलचित्र भने भारतका हलमा प्रदर्शन गरिँने भएको छ ।

सन्तोष सेनको निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत जस्ता चर्चित कलाकारको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर