यिनै हुन् काठमाडौंमा बसले स्कुटरलाइ ठक्कर दिंदा २५ बर्ष मै ज्यान गुमाएकी कृतिका कार्की — OSNepal

यिनै हुन् काठमाडौंमा बसले स्कुटरलाइ ठक्कर दिंदा २५ बर्ष मै ज्यान गुमाएकी कृतिका कार्की

LC (KTM) January 05, 2022 0

काठमाडौँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखाकी २५ वर्षीया कृतिका कार्की रहेको प्रहरीले जनाएको छ । काठमाडौँ महानगरपालिका–९ तिलगङ्गा पिङलास्थानमा बा५ख १५३८ नं को बसले वाग्मती प्रदेश–०२–०२१ प १९३५ नं को स्कुटरलाई सोमबार साँझ ठक्कँर दिँदा गम्भीर घाइते भएकी कृतिकाको उपचारको क्रममा काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दुर्घटना गराउने बसका चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर