योगेश काजीको स्वरमा ‘श्वास फेरी...’ (भिडियोसहित) — OSNepal

योगेश काजीको स्वरमा ‘श्वास फेरी…’ (भिडियोसहित)

LC (KTM) January 05, 2022 0

काठमाडौं-योगेश काजीको स्वरमा रहेको गीत ‘श्वास फेरी…’ सार्वजनिक भएको छ । सञ्चारकर्मी गीता अधिकारी शब्द, योगेशकै सङ्गीत तथा एरेञ्ज र पवन विश्वकर्माको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

राजु गिरीको निर्देशन सल्लाहाकार रहेको गीतको भिडियोमा श्याम खत्री तथा भीष्म फुलाराको निर्देशन र सुनिता बस्नेतको कोरियोग्राफ छ । गीतको भिडियोमा मनमाया महर्जन, राजन वैश्य, ऋतिका सापकोटा, सिएस साउद, रमेश सिंह लगायतको अभिनय छ ।

यमबहादुर चौधरीको छायाँकन रहेको भिडियोमा शोखिन तिम्लिसीनाको सम्पादन र सरिता पुरीको शृङ्गार छ । वियोगान्त शैलीको गीत निक्कै मार्मिक छ भने भिडियो पनि उत्कृष्ट बनेको छ ।

सञ्चारकर्मी अधिकारीका यसअघि आधा दर्जन गीत सार्वजनिक भइसकेका छन् । नयाँ गीतलाई पनि लिएर आफू उत्साहित भएको उहाँले बताउनुभयो ।  गीत सार्वजनिक भएको छोटो समयमै स्रोता/दर्शकको साथ पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर