OSNepal बिहिबार, माघ १३ २०७८

मापसे गरेका सवारी चालकले प्रहरीलाई घुस दिन खोजेपछि‘

मापसे गरेका सवारी चालकले प्रहरीलाई घुस दिन खोजेपछि‘

  • OSNepal
  • बुधबार, पौस २१ २०७८


मापसे गरेका सवारी चालकले प्रहरीलाई घुस दिन खोजेपछि‘
Reading Time: < 1 minute

प्रहरीलाई घुस दिन खोज्ने दुई जना पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग नैकापले चितवनका २४ वर्षीय रोशन श्रेष्ठ र काठमाडौं मच्छेगाउँका ५४ वर्षीय केशव गोपालीलाई नियन्त्रणमा लिएको हो ।

प्रदेश ०३(०२(००४ प ४९७४ नम्बर मोटरसाइकल हाँकिरहेका श्रेष्ठ र पछाडि सवार गोपालीले दुबै मदिरा सेवन गरेको र नैकापको प्रहरी टोलीले चेकिङ गर्दा चालकले पाँच सय रुपैयाँ घुस दिन खोजेका थिए ।

घुस दिन खोजेपछि प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त थानकोटमा राखी थप अनुसन्धान भइरहेको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड