बिग बोसको फाइनलमा पुग्न रश्मी देसाई र देबोलिना १५ घण्टा लगातार पोल पक्रिएर बसे , देबोलिनाले पेन्टमै पिसाब गरिन् — OSNepal

बिग बोसको फाइनलमा पुग्न रश्मी देसाई र देबोलिना १५ घण्टा लगातार पोल पक्रिएर बसे , देबोलिनाले पेन्टमै पिसाब गरिन्

LC (KTM) January 05, 2022 0

बिग बोस १५ फाइनल तर्फ बढ्दै गएपछि खेल रोमाञ्चक बनेको छ । धेरै पटक फाइनल टास्कको टिकट रद्ध गरेपछि अहिले परिवारका सदस्यहरू जित्नको लागि सक्दो प्रयासमा देखिएका छन् । अन्तिम एपिसोडमा, देवोलिना भट्टाचार्जी र रश्मी देसाईले टास्कमा अचम्मको काम गरे । दुबै १५ घण्टा लगातार पोलमा उभिए।

यस क्रममा परिवारका सदस्यले उनलाई पोलबाट निकाल्न निकै यातना दिए । तर पनि हलचल भएका थिएनन्। जबरजस्ती बिग बोसले आफ्नो टास्कमा कठिनाइ बढाउनु परेको थियो । यो जितसँगै रश्मी देसाई फाइनलमा पुगेकी छिन् । सामाजिक सञ्जालमा दुवै अभिनेत्रीले एकदमै राम्रो पर्फमेन्स दिएको भन्दै तारिफ भइरहेको छ । बिग बोसले पनि दुबैको तारिफ गरेका छन् ।

टास्कको क्रममा देवोलिनाले प्यान्टमा पिसाब गरेकी थिइन् । यसो गर्नुअघि देवोलिनाले प्रतीकलाई आफूमाथि पानी हाल्न भनेकि थिईन् । त्यसपछि देवोलिनाले पोलमा उभिएर ट्वाइलेट गरेकि थिईन् । परिवारका सदस्यहरूले पनि देवोलिनाको यो भावनाको प्रशंसा गरेका छन्। उमर रियाजले यी युवतीले टास्क जित्नका लागि जे पनि गर्ने बताएका थिए ।

परिवारका सदस्यहरुले उनीहरु दुबै जनालाई एकदमै टर्चर गरेका थिए । बारम्बार पानी छ्यापि दिन्थे भने खुट्टामा स्याम्पो, तेल जस्ता वस्तुहरु चिप्लियोस भनेर लगाई दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर