कमेडिका बादशाह कपिल शर्माले महानगरपालिकाले घुस मागेको ट्वीट गरे पछि मच्चियो हंगामा , ट्वीटकै कारण ९ लाख खर्च , आखिर किन भागे माल्दिभ्स तिर ? — OSNepal

कमेडिका बादशाह कपिल शर्माले महानगरपालिकाले घुस मागेको ट्वीट गरे पछि मच्चियो हंगामा , ट्वीटकै कारण ९ लाख खर्च , आखिर किन भागे माल्दिभ्स तिर ?

LC (KTM) January 05, 2022 0

कहिले काँहि सामाजिक सञ्जालमा गरिएको ट्वीट एकदमै शक्तिशाली हुन्छन् । यस्ता ट्वीटले हंगामा नै मच्चाई दिन्छ । नाम चलेका सेलिब्रेटीको ट्वीट एकदमै शक्तिशाली हुन्छ भन्ने कुरा कमेडीका बादशाह कपिल शर्माले देखाई दिएका छन् । उनको आफ्नो ट्वीटका कारण हुने विवादबारे कपिलले राम्रोसँग बुझेका पनि थिए ।

यो प्रसंग कपिलले आफ्नो नेटफ्लिक्समा आउन लागेको स्ट्यान्ड अप स्पेशल शो का दौरानमा उकाएका हुन् । कपिलले यही ट्वीटमार्फत् नै आफ्नो जोकको सुरुवात गरेका थिए । नेटफ्लिक्सले आउन लागेको यो शोको एउटा सानो भाग सेयर गरेको छ ।कपिल भन्छन्– ट्वीटकै कारण म मालदिभ्स निस्किएँ फटाफट ।

त्यहाँ म ८–९ दिन बसेँ । मालदिभ्स पुग्ने बित्तिकै मैले भने,– ‘मलाई एउटा यस्तो रुम देउ जहाँ इन्टरनेट नचलोस् । उनीहरुले मलाई सोधे, ‘विवाह गरेर आउनुभएको हो ? मैले भनेँ– हैन म त ट्वीट गरेर आएको छु ।’ कपिलको यो पहिलो लाइनले नै धेरै कुरा प्रस्तुत गरिसकेको छ ।कपिलले फेरी आफ्ना कुरा जोड्दै भने– म जतिदिन त्यहाँ बसेँ, ९ लाख खर्च भयो ।

मेरो जीवनभरीको पढाई लेखाईमा यति खर्च भएको छैन जति मैले त्यो एक लाइन लेखेर खर्च गरेँ । म साँच्चै ट्वीटरलाई केस हाल्न चाहान्छु , ’‘किनभने कहिलेकाँही कुनै नेताले ट्वीट गर्दा ट्वीटरले तलतिर ‘म्यानिपुलेटेड ट्वीट’ भनेर लेखिदिन्छन् । मेरो ट्वीटको मुनि पनि ‘ड्रङ्क ट्वीट’ लेखिदिएको भए हुन्थ्यो नि ।

मेरो ९ लाख रुपैया खर्च भएको पैसा त बच्थ्यो ? स्मरण रहोस्, कपिलले केही वर्ष अघि मुम्बई महानगरपालिकामाथि घुस लिएको आरोप लगाएका थिए जसलाई लिएर हंगामा मच्चिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर