सिद्धार्थको मृत्युमा शहनाज गिलले भनिन्- भगवानले मेरो बाटो बनाउनुभयो, तब मात्र मैले उनलाई भेटें — OSNepal

सिद्धार्थको मृत्युमा शहनाज गिलले भनिन्- भगवानले मेरो बाटो बनाउनुभयो, तब मात्र मैले उनलाई भेटें

LC (KTM) January 05, 2022 0

स्वर्गीय अभिनेता सिद्धार्थ शुक्लाको सम्बन्ध ब्रह्मा कुमारीसँग थियो, यो कुरा कसैबाट लुकेको छैन । अभिनेताको निधनपछि ब्रह्मा कुमारीको रीतिरिवाज अनुसार उनको अन्तिम संस्कार गरिएको थियो । बीके शिवानीद्धारा भर्चुअल प्रार्थना सभा गरिएको थियो । सिद्धार्थ शुक्लाको प्रस्थान पछि शहनाज गिलले ब्रह्मा कुमारीलाई रोजेको र उनको बाटो पछ्याइ रहेकी छिन् ।

शहनाज गिलले आज युट्युबमा एउटा भिडियो पोस्ट गरिन्, जसमा उनी बीके शिवानीसँग अन्तर्क्रिया गरिरहेको देखिएकी छिन् । यस भिडियोमा शहनाज गिलले सिद्धार्थ शुक्लाको बिदाइपछि जीवनबाट कसरी निराश भइन् भनी बताएकी छिन् । आफूले ध्यानबाट कसरी बाहिर निस्किन र ब्रह्मा कुमारीको बाटो रोजे भन्ने पनि अभिनेत्रीले बताएकी छिन् ।

सिद्धार्थ शुक्लाले शहनाज गिललाई जीवनका धेरै कुरा सिकाएका छन् । भिडियोमा शहनाज गिल निकै परिपक्वताका साथ कुरा गरिरहेको देखिएकी छिन् । सिद्धार्थ शुक्लालाई सम्झँदै शहनाजले भनिन्,–मलाई सिद्धार्थले कति सिकाए, कति ज्ञान दिए । पहिले मान्छे चिन्न सकिन । म विश्वास गर्थे। म धेरै सरल थिएँ, तर त्यो आत्माले मलाई जीवनको बारेमा धेरै सिकायो। भगवानको आशीर्वादले मात्र मैले त्यो आत्मालाई भेट्न पाएँ। हामी दुवै साथी नै रह्यौं । यी दुई वर्षमा मैले धेरै कुरा सिकें। भगवानले मेरो बाटो बनाई दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर