कपिल शर्माले मोदी लाई गरेको गुनासोका बारेमा सेलिब्रेटीको चासो, आखिर रणबीर सिंहले हाँस्दै दिए यस्तो प्रतिक्रिया — OSNepal

कपिल शर्माले मोदी लाई गरेको गुनासोका बारेमा सेलिब्रेटीको चासो, आखिर रणबीर सिंहले हाँस्दै दिए यस्तो प्रतिक्रिया

LC (KTM) January 06, 2022 0

कमेडियन कपिल शर्माले आफ्नो आगामी नेटफ्लिक्स प्रोजेक्टको बारेमा फ्यानहरुलाई जानकारी दिएका छन् । उनको शो कपिल शर्मा: आई एम नट डन यट नेटफ्लिक्समा जनवरी २८ मा रिलिज हुँदैछ। इन्स्टाग्राममा कपिलले यस अवधिमा एउटा सानो क्लिप सेयर गरेका छन्, जसमा उनी आफ्नै शैलीमा आफ्नो कथा सुनाउँदै छन् ।

क्लिप सेयर गर्दै कपिलले लेखेका छन्– मैले एउटा सानो फुटेज लीक गरेको छु भनेर नेटफ्लिक्सलाई नभन्नुहोस् । भिडियोमा कपिल शर्माले आफ्नो नाम नलिई वर्षौंअघि गरेको ट्विटमा ठट्टा गरिरहेका छन । जसमा उनले बीएमसीको बारेमा पीएम मोदीलाई गुनासो गरेका थिए । उक्त ट्वीटपछि निकै विवाद भएको थियो ।

कपिलले भनेका छन्, – म माल्दिभ्स गएँ र त्यहाँ ८-९ दिन बसें। मैले होटलका कर्मचारीलाई इन्टरनेट नभएको कोठा दिन भनेँ । कपिलले भिडियो क्लिपमा पुरा कथा सुनाएका छन् । यो भिडियोलाई सेलिब्रेटीसँगै फ्यान र फलोअर्सले निकै मन पराइरहेका छन् । कपिलको यो भिडियोमा प्रतिक्रिया दिँदै रणवीर सिंहले हाँस्दै लेखेका छन्– हाहा, धेरै राम्रो पाजी। म यो हेर्नको लागि पर्खिरहेको छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर