कक्षा ४ र ५ मा पढ्ने बालिकालाई सुई दिई यौनाङ्ग बिकास गराई भारततर्फ बेचबिखन गरेको पाइयो — OSNepal

कक्षा ४ र ५ मा पढ्ने बालिकालाई सुई दिई यौनाङ्ग बिकास गराई भारततर्फ बेचबिखन गरेको पाइयो

LC (KTM) January 06, 2022 0

काठमाडौं । नेपालमा हराएका बालिकालाई भारत पु९याएर देहव्यापारमा लगाउने गरेको खुलेको छ । बेचबिखनमा पर्ने साना बालिकाको यौनाङ्ग र अन्य अङ्ग विकास गराई वयस्क देखाउन सुई लगाउने गरेको अनुसन्धानबाट खुलेको छ ।विभिन्न प्रलोभनमा पारेर तथा झुक्याएर बेहोस बनाई भारतका कोठीमा बेचिएका अधिकांश बालिकालाई सुईमार्फत अङ्गहरूको विकास गराइएका अधिकांश बालिका पछि दीर्घ रोगी भई मृत्यु हुने गरेको छ ।

कोठीबाट उद्धार गरिएका बालिका तथा महिलाको शरीर आकर्षक देखाउन कोठी सञ्चालकले विभिन्न औषधि तथा सुई लगाउने गरेको उजुरीका क्रममा बताउने गरेका छन् ।२०७४ साउनमा काठमाडौँको कपनबाट हराएका ११ र १३ वर्षका दुई बालिका दिदीबहिनीलाई भारत पु९याइएको थियो । चार वर्षअघि हराएका ११ वर्षकी टिना तामाङ र १३ वर्षकी रिना तामाङ ९नाम परिवर्तन०लाई सुईबाट वयस्क बनाई देहव्यापारमा लगाइएको खुलेको हो ।

नेपाल प्रहरी अस्पतालका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक डा। आशा सिंहले ग्रोथ हर्मोन र एस्ट्रोजोन हर्मोनले महिलाको शारीरिक विकास छिटो हुने बताउनुभयो । उहाँले यस्ता हर्मोनयुक्त सुई वा औषधिको गलत प्रयोग बेचबिखनमा पर्ने महिला र बालिकामा हुने गरेको पाइएको बताउनुभयो ।यो खबर आजको गोरखापत्र दैनिकमा छ ।कक्षा चार र पाँचमा पढ्दै गरेका उनीहरूलाई एक महिलाले खानामा बेहोस हुने औषधि राखेर कलकत्ता पु९याएकी थिइन् ।उद्धारपछि नेपाल ल्याइएकी टिनाले प्रहरीसँगको बयानमा बेहोस अवस्थामै कलकत्ता पु(याएको बताउनुभयो । बेहोसमा सँगै भारत पु¥याइएकी टिनाकी १३ वर्षकी दिदी रिनाको अवस्था भने अहिले पनि अज्ञात छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर