बलिउडकी सुन्दरी रबिना टण्डनलाई पिजा, पास्ता, चाउमिन खान रोक, आखिर कारण यस्तो रहेछ — OSNepal

बलिउडकी सुन्दरी रबिना टण्डनलाई पिजा, पास्ता, चाउमिन खान रोक, आखिर कारण यस्तो रहेछ

LC (KTM) January 06, 2022 0

बलिउड अभिनेत्री रविना टण्डन सामाजिक सञ्जालमा निकै सक्रिय रहने गरेकि छिन् । रविनाले आफ्नो जीवनसँग सम्बन्धित धेरै कुरा फ्यानसँग सेयर बेला बेला गरिरहेकी हुन्छिन् । हालै रविनाले इन्स्टाग्राममा आफ्नो एउटा भिडियो पोस्ट गरेकी छिन्, जसमा उनको डाइटिशियनले उनको खानपानमा प्रतिबन्ध लगाएको प्रष्ट रुपमा देखिन्छ ।

रविनाको यो फनी भिडियो सामाजिक सञ्जालमा अहिले निकै भाइरल भइरहेको छ । अभिनेत्रीले यो भिडियो आफ्नो मेकअप भ्यानमा बनाएकी छिन् । भिडियोमा रविना बिरयानी, पिज्जा, चाउमिन, पास्ता, पाव भाजी, वडा पाव, छोले भटुरे, मोमो, यी सबै भनिरहदा एकदमै खुसी देखिरहेकी हुन्छिन् । त्यसमा उनको डाइटिशियन पछाडीबाट आएर सबै बन्द भएको बताउँछन् ।

रविनाले सोध्छिन् –के सबै बन्द हो ? डाइटिशियन भन्छन्– सबै बन्द छ, खान केहि पाईदैन । रविनाको यो फनी भिडियोमा उद्योगका धेरै सेलेब्सले कमेन्ट गरिरहेका छन् । रविनाले सामाजिक कामका साथै जनावरका लागि पनि धेरै काम गर्दै आइरहेकी छिन् । केही समयअघि उनले धेरै पाल्तु कुकुरहरूलाई भारी वर्षाको समयमा पानीबाट बचाएर घर पुर्या।एकि थिईन् ।

यस घटनाको तस्बिरसँगै रविनाको एउटा रमाइलो क्याप्सन पनि लेखिएको छ । रविना लेख्छिन्,–मेरो वर्षा कसरी बित्यो ? टिपटिप पानी बर्षामा नाचेर होइन, यी जङ्गली जनावरहरूलाई बचाएर ठाउँ दिएर, मेरो वर्षायाम बित्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर