ड्रयागन फ्रुट्समा कोरोना देखिएपछि खैलाबैला, अधिकांश बजार समेत बन्द गरियो — OSNepal

ड्रयागन फ्रुट्समा कोरोना देखिएपछि खैलाबैला, अधिकांश बजार समेत बन्द गरियो

LC (KTM) January 06, 2022 0

एजेन्सी – चीनमा ड्रयागन फ्रुट्समा कोरोनाभाईरसका संकेत देखिएपछि झेइजियाङ र जियाङसी प्रान्तका अधिकांश सुपरमार्केट बन्द गरिएका छन् ।

भियतनामबाट आयात गरिएका ड्रयागन फ्रुट्समा कोरोनाभाईरसका नमुनाहरु फेला परेपछि ती प्रान्तका सुपरमार्केट बन्द भएका हुन् । स्वास्थ्य अधिकारीहरुले आयात गरिएका उत्पादनहरुमा आपतकालिन जाँच गरिएका छन् ।

साथै, ड्रयागन फ्रुट्स बिक्रेतालाई क्वारेन्टिनमा बस्न निर्देशन दिइएको छ । कोभिडको नयाँ लहर चलिरहेका बेला ड्रयागन फ्रुट्समा कोभिड देखिएकाे खबरले चीनमा त्रास फैलिएको छ ।

डिसेम्बरको अन्तिम साता ड्रयागन फ्रुट्समा कोभिड १९ का संकेत देखिएपछि चीनले यसअघि सो फल २६ जनवरीसम्म चीन आयात गर्न प्रतिबन्ध लगाएको थियो ।

चीनले अर्को वर्षदेखि हिउँदे ओलम्पिक आयोजना गर्दैछ । ओलम्पिकअघि कोभिडलाई शून्यमा झार्ने सरकारको लक्ष्य छ । कोभिड देखिएपछि सियान र युझोउ सहरमा लकडाउन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर