यस्तो छ बिहिबारको विदेशी मुद्राको विनिमयदर, हेर्नुहोस् कुन देशको कति पुग्यो — OSNepal

यस्तो छ बिहिबारको विदेशी मुद्राको विनिमयदर, हेर्नुहोस् कुन देशको कति पुग्यो

LC (KTM) January 06, 2022 0

काठमाडौं, २२ पुस-नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८रुपैयाँ ६८ पैसा र बिक्री दर ११९ रुपैयाँ २८ पैसा कायम गरेको छ ।युरोपियन यूरो एकको खरिद दर १३४रुपैयाँ १९ पैसा र बिक्री दर १३४ रुपैयाँ ८७ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ६२पैसा र बिक्री दर १६१ रुपैयाँ ४३ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ६२ पैसा र बिक्री दर १३० रुपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ०३ पैसा र बिक्री दर ८६ रुपैयाँ ४६ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्री दर ९३ रुपैयाँ ८४ पैसा छ ।जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ २५ पैसा र बिक्री दर १० रुपैयाँ ३० पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६४ पैसा र बिक्री दर १८ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ६० पैसा र बिक्री दर ३१ रुपैयाँ ७६ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ६० पैसा र बिक्री दर ३२ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३० पैसा छ भने बिक्री दर २८ रुपैयाँ ४४ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९१ पैसा र बिक्री दर ९ रुपैयाँ ९६ पैसा कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर