अल्लु अर्जुन स्टार फिल्म 'पुष्पा' अब ओटीटीमा पनि रिलिज हुदै — OSNepal

अल्लु अर्जुन स्टार फिल्म ‘पुष्पा’ अब ओटीटीमा पनि रिलिज हुदै

LC (KTM) January 06, 2022 0

अल्लु अर्जुन स्टारर फिल्म पुष्पाले दिनप्रतिदिन एकदमै राम्रो ब्यापार गरिरहेको छ । फिल्मलाई लिएर फ्यानहरुको चहलपहल अझै घटेको छैन । अब फिल्मका दर्शकका लागि अर्को खुसीको खबर बाहिर आएको छ । फिल्म छिट्टै ओटीटी प्लेटफर्ममा पनि रिलिज हुन लागेको छ । निर्देशकका अनुसार ‘पुष्पाः द राइज’को हिन्दी संस्करणले अहिले सम्म ३ सय करोडभन्दा बढी कमाइसकेको छ ।

फिल्मले रणवीर सिंहको ८३ लाई पनि पछाडि छोडेको छ । अब ओटीटीमा पनि शीर्ष सूचीमा पर्न तयारी अवस्थामा रहेको छ। चलचित्र डिसेम्बर १७ मा हलमा रिलिज भएको थियो । र आज २० औँ दिनमा पनि फिल्मको कमाई रोकिने नाम लिइरहेको छैन । अहिलेसम्म यो फिल्मले बक्स अफिसमा ३ सय करोडको आँकडा पार गरिसकेको छ ।

यो फिल्म मलायालम, हिन्दी र अन्य धेरै भाषामा पनि रिलिज भएको छ । हिन्दी भर्जनमा पनि फिल्मले राम्रो कमाई गर्दै ७५ करोडको आँकडा पार गर्न लागेको छ । अब यो फिल्म दर्शकको मनोरञ्जनका लागि ओटीटी प्लेटफर्ममा छिट्टै रिलिज हुने कुराले सबै दंग परेका छन् । पुष्पा द राइजको अधिकार ओटीटी प्लेटफर्म अमेजन प्राइमलाई बेचिएको छ। फिल्म ७ जनवरी २०२२ मा ओटीटी बाट पनि रिलिज हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर