बिबाद बढ्दै गएपछि रामदेबले फेरे बोली , एलोपैथी संग हैन मेडिकल माफिया संग हो मेरो लडाई– रामदेब — OSNepal

बिबाद बढ्दै गएपछि रामदेबले फेरे बोली , एलोपैथी संग हैन मेडिकल माफिया संग हो मेरो लडाई– रामदेब

LC (KTM) May 31, 2021 0

योग गुरु बाबा रामदेब पछिल्लो समय आफ्नै भनाईका कारण बिबादको घेरामा तानिएका छन् । उनले एलोपैथीको बिषयलाई लिएर माफि समेत माग्नु परेको थियो ।

उनले आफैले भनेका भनाईहरु अन्ततः फिर्ता लिनुपरेको थियो । हाल एक अन्र्तबार्तमा इण्डियन मेडिकल एसोशिएसन तथा राम देब आमने सामने भएका छन् । उनले बिबाद धेरै आईसके पछि आफु एलोपैथीको बिरोधमा नरहेको भनेर कुरा फेरेका छन् ।

उनले आफु न एलोपैथीको बिरोधमा, न डाक्टर तथा आईएमएको बिरुद्धमा रहेको भनेर चोखिन खाजेका छन् । उनले आफ्नो लडाई मेडिकल माफियाहरु बिरुद्ध रहेको बताएका छन् ।

उनले २ हजार रुपैयाको दबाई १० हजार भन्दा बढिमा बेच्नेहरु बिरुद्ध आफ्नो लडाई रहेको दाबी गरेका छन् । उनले आफु कुनै बिबाद बढाउने भन्दा पनि त्यसलाई जड देखी नै सक्ने पक्षमा रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर