नारायणहिटी दरबार संग्रहालय भित्रको विवादित रेष्टुरेन्टको छानबिन गर्न समिति गठन — OSNepal

नारायणहिटी दरबार संग्रहालय भित्रको विवादित रेष्टुरेन्टको छानबिन गर्न समिति गठन

LC (KTM) January 06, 2022 0

काठमाडौं २२ पौष । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नारायणहिटी दरबार संग्रहालय भित्रको विवादित रेष्टुरेन्टको छानबिन गर्न समिति गठन गरेको छ ।

सहसचिव होमप्रसाद लुईँटेलको अध्यक्षतामा ५ सदस्यीय समिति गठन गरिएको हो ।
समितिमा उपसचिवहरु टेकनारायण पौडल, सुर्यमणी गौतम, पुरुषोत्तम खतिवडा र अधिकृत टंकबहादुर नेगी रहेका छन् ।

समितिले रेष्टुरेन्ट कति वैध र कति अवैध छ, सो स्थानमा रेष्टुरेन्ट आवश्यक छ की छैन् सो बारेमा अध्ययन गरेर प्रतिवेदन बुझाउने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर