OSNepal शुक्रबार, माघ १४ २०७८

पोखरामा पर्वतीय उडानतर्फ आन्तरिक पर्यटकको आकर्षण बढ्दै

पोखरामा पर्वतीय उडानतर्फ आन्तरिक पर्यटकको आकर्षण बढ्दै

  • OSNepal
  • बिहिबार, पौस २२ २०७८


पोखरामा पर्वतीय उडानतर्फ आन्तरिक पर्यटकको आकर्षण बढ्दै
Reading Time: < 1 minute

गण्डकी, २२ पुस-पर्यटकीय नगरी पोखरामा पर्वतीय उडानतर्फ आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ ।विगतमा पर्वतीय उडानमा विशेषतः विदेशी पर्यटकको मात्रै आकर्षण देखिने गरेकोमा पछिल्ला वर्षमा आन्तरिक पर्यटक पोखरामा आएर पर्वतीय उडानमा सहभागी बन्दै पोखरा र आसपासका हिमाली तथा पहाडी दृश्य नियाल्ने गरेका छन् । पोखराबाट हेलिकप्टर चढी पर्यटक नजिकैका माछापुच्छ«े, मर्दीलगायतका हिमालको अवलोकन गर्न मर्दी हाइक्याम्प तथा आधार शिविर, कोरी हिमाल, कफुचे हिमताललगायतको अवलोकन गर्न पुग्ने गरेको सत्यम् हेली सर्भिसका सञ्चालक अमृत अधिकारीले जानकारी दिनुभयो ।

पछिल्लो समयमा पोखरा आउने आन्तरिक पर्यटक पर्वतीय उडानतर्फ आकर्षित हुने गरेका छन् । सत्यम् हेली सर्भिसले फिष्टेल एयरको हेलिकोप्टर भाडामा लिएर पर्यटकलाई सेवा प्रवाह गरिरहेको छ । पोखराबाट कोरी हिमालका लागि प्रतिव्यक्ति रु २५ हजार, मर्दी हिमालका लागि प्रतिव्यक्ति रु २० हजार तथा पोखरा सिटीअन्तर्गत विश्वशान्ति स्तुप, पुम्दीकोट विशाल महादेवमूर्ति, सराङ्कोटलगायतका स्थानको अवलोकनका लागि प्रतिव्यक्ति रु १० हजार शुल्क लिने गरेको अधिकारीले बताउनुभयो ।

पोखराबाट मुक्तिनाथ जाने पर्यटकका लागि एउटा उडानको रु दुई लाखसम्म लिने गरिएको छ । एउटा उडानमा पाँच जनासम्म सहभागी बन्न सक्ने क्षमता रहेको अधिकारीले जानकारी दिनुभयो । पोखरा आउने पर्यटकमा पछिल्ला दिनमा खर्च गर्ने क्षमता पनि बढेको पाइएको बताउने व्यवसायी पर्यटक लक्षित गतिविधि बढाउनुपर्ने बताउँछन् । पोखराबाट प्रभु र डाइनेष्टिक एयरले पनि पर्वतीय उडान गरिरहेका छन् । (रासस

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड