बलिउड जोडी दीपिका पादुकोण र रणवीर सिंह प्राय सधै चर्चामा रहने गरेका छन् ।यी दुई बीचको बन्डिङ, प्रेम, नोकझोक सामाजिक सञ्जालमा एकदमै चर्चामा रहने गरेका छन् । फोटो पत्रकारहरु पनि यो जोडीको वरिपरि नै रहेको हुन्छ । दुवै सधैं सप्ताहांत, जन्मदिन, रेडकार्पेट कार्यक्रममा सँगै देखिने गरेका छन् ।
हालै दीपिकाको जन्मदिन पनि लभबर्ड्सले सँगै मनाएको थियो। बर्थडेमा दुबैजना क्वालिटी टाइम बिताएको देखिए।रणवीरले आफ्नी श्रीमतीलाई प्यारो पोस्ट राखेर जन्म दिनको शुभकामना दिएका छन्। तर, यसपटक उनको इच्छा दीपिकाको आगामी फिल्म सँग जोडिएको छ।जन्म दिनको पोस्टमा रणवीर सिंहले दीपिकाको फिल्म प्रमोशनको झलक सेयर गरेका छन्।
यतिबेला दीपिका पनि आफ्नो आगामी फिल्म घेरियाको प्रमोशनमा व्यस्त रहेकी छिन्। दीपिकाको तस्बिर सेयर गर्दै रणवीर सिंहले लेखेका छन्, – मेरो बेबी आफ्नो फिल्मको प्रमोशन मा व्यस्त छ। आफ्नो जन्मदिनमा दीपिकाले फ्यानलाई उपहार पनि दिएकी छिन् ।
उनले आफ्नो आगामी फिल्म घेरियाको नयाँ पोस्टर सामाजिक सञ्जालमा सेयर गरेकी छिन् ।दीपिकाले पोस्टको क्याप्सनमा लेखेकी छिन्,–तिमीले हामी लाई दिएको मायाको लागि जन्म दिनको सानो उपहार ।