सलमानखान संग बिबाह गर्नकै लागि भनेर १७ बर्षको उमेरमा भारत आएकी थिईन् अभिनेत्री सोमी अली , सलमानले यसरी दिए पछि धोका — OSNepal

सलमानखान संग बिबाह गर्नकै लागि भनेर १७ बर्षको उमेरमा भारत आएकी थिईन् अभिनेत्री सोमी अली , सलमानले यसरी दिए पछि धोका

LC (KTM) January 06, 2022 0

बलिउड अभिनेत्री रहेकी सोमी अली एक समय सलमान खानसँग को प्रेम सम्बन्धका कारण निकै चर्चामा रहेकी थिईन् ।उनीहरुको विवाहको खबर पनि निकै भाइरल भएको थियो। तर, त्यसपछि के भयो सोमी अली र सलमान खान छुट्टिए । सोमीअलीले नयाँ अन्तर्वार्तामा यस्ता धेरै महत्त्वपूर्ण प्रश्नको जवाफ दिदै आएकी छिन् ।

सोमी अलीले आफूलाई सलमानखान प्रति ठूलो क्रस रहेको बताइन्, त्यसपछि उनी उनी सँग विवाह गर्न मात्रै भारत आएको पनि खुलासा गरेकि छिन् ।सोमीले अन्तर्वार्तामा भनिन्–  हामीले हिन्दी फिल्म हेर्थ्यौं। जब मैले सलमानको फिल्म ‘मैने प्यार किया’हेरेँ, म उनी प्रति क्रश भएँ। उनले भनिन्– त्यस रात मैले एउटा सपना देखेँ र मैले भारत आउने निर्णय गरें।

त्यतिबेला म १६ वर्षको थिएँ र मुम्बई गएर सलमान सँग बिहे गर्छुभन्ने सोच्नु मेरो लागि पागलपन थियो। मैले विवाहको सपना देखेँ र सोचे कि यो भगवानको सन्देश हो । मैले आमालाई भने कि म सलमान खान सँग बिहे गर्न मुम्बई जाँदैछु। सोमीले थप भनिन्,– सलमान र म एकपटक नेपाल गइरहेका थियौं। म उनको छेउमा बसेको थिएँ। मैले उसलाई भनेँ–म तिमी सँग बिहे गर्न आएको हुँ। यसमा उनले भने– मेरो एउटी गर्लफ्रेन्ड छ।

तर मैले भने केही फरक पर्दैन। म किशोरी थिएँ। १वर्षपछि हाम्रो सम्बन्ध सुरु भयो, त्यतिबेला म १७ वर्षको थिएँ। उसले मलाई पहिले भन्यो–म तिमी लाई माया गर्छु। यसअघि सोमी अलीले पनि सलमान सँगको ब्रेकअपको कारण बताएकी छिन्।उनले सलमानले आफूलाई सम्बन्धमा धोका दिएको बताएकी थिइन्, त्यसपछि उनले सलमान सँग ब्रेकअप गर्ने निर्णय गरेकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर