एमाले मोरंगको बिराटनगरमा भोली बाट अधिबेशन हुदै , बिद्युतीय माध्यम बाट उद्घाटन हुदै — OSNepal

एमाले मोरंगको बिराटनगरमा भोली बाट अधिबेशन हुदै , बिद्युतीय माध्यम बाट उद्घाटन हुदै

LC (KTM) January 06, 2022 0

नेकपा एमाले मोरङको ९ औं जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । विराटनगरको होटल मनास्लुमा भोली विहान ११ वजेदेखि शुरु हुने अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको एमाले मोरङका सचिव रुपेश खतिवडाले जानकारी दिनुभयो । एमाले अध्यक्ष केपी शर्मा ओलीलेले देशभर हुन जिल्ला सम्मेलनको एकै पटक भर्चुअल रुपमा उद्घाटन गर्ने कार्यक्रम छ ।

जिल्ला अधिवेशनमा स्थायी कमिटी सदस्यहरु लालबााबु पण्डित, गुरु बराल, डा.शिवमायाँ तुम्वाहाम्फे, भानुभक्त ढकाल, केन्द्रीय सदस्यहरु जीवन घिमिरे, विनोद ढकाल लगायतका नेताहरुको सहभागिता रहने बताईएको छ । जिल्ला अधिवेशनमा १ हजार ४ सय ३० जना प्रतिनिधि सहभागी हुने उहाँले बताउनुभयो ।

‘वैचारिक गतिशिल र रचनात्मक नेतृत्व, सुदृढ र एकताबद्ध संगठन, एमालेको नेतृत्वमा सम्वृद्ध मोरङ’ नाराका पुस २३ र २४ गते हुने अधिवेशनले पूर्ण समावेशी नेतृत्व चयन गर्ने सचिव खतिवडाले बताउनुभयो । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव,उपसचिव २ सहित १६५ सदस्यीय जिल्ला कमिटी चयन गर्ने खतिवडाले बताउनुभयो ।

विद्युतिय माध्यमबाट उद्घाटन हुने सम्मेलनको मञ्च स्थलको साज सज्जा फरक शैलीको भएको मञ्च व्यवस्थापन उपसमितिका संयोजक मुकेश बुढाथोकीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर