भवनमा आगलागी हुँदा ८ बालबालिकासहित १२ जनाको मृत्यु — OSNepal

भवनमा आगलागी हुँदा ८ बालबालिकासहित १२ जनाको मृत्यु

LC (KTM) January 06, 2022 0

फिलाडेल्फिया, २२ पुस-अमेरिकाको फिलाडेल्फियास्थित एक भवनमा आगलागी हुँदा ८ बालबालिकासहित १२ जनाको मृत्यु भएको छ ।भवनमा २६ जना मानिस बस्दै आएकोमा ८ जना भने भागेर ज्यान जोगाउन सफल भएका छन् भने दुई व्यक्ति घाइते भएका छन् । आगलागीको समयमा बज्ने सङ्केत घडीले काम नगरेपछि आगो नियन्त्रणमा ढिलाई भएको उद्धार अधिकारीले बताएका छन् ।

सूचना ढिलो गरी प्राप्त भएको र उद्धार टोली घटनास्थलमा पुग्दा आगो भवनभित्र फैलिइसकेकोले ठूलो मानवीय क्षति भएको फिलाडेफियाको स्थानीय प्रशासनले बताएको छ । बिद्युत शर्ट भई आगलागी भएकोे हुनसक्ने प्रारम्भिक अनुमानपछि थप अनुसन्धान सुरू भइसकेको छ । आगलागीका कारण भवनको अधिकांश भागमा क्षति भएको छ । (रासस÷एपी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर