हुनरबाज शोको स्टेजमा करण जोहको आगो लगाउने प्रस्तुती , सहभागी संग गरे टिप टिप बर्षा मा नृत्य — OSNepal

हुनरबाज शोको स्टेजमा करण जोहको आगो लगाउने प्रस्तुती , सहभागी संग गरे टिप टिप बर्षा मा नृत्य

LC (KTM) January 06, 2022 0

आफ्नो फेसन सेन्स र फिल्मलाई लिएर चर्चामा रहेका करण जोहर चाँडै एउटा टिभी रियालिटी शोको जजको रुपमा देखिने भएका छन् । करण कलर्स टिभीको नयाँ शो हुनरबाज शोको जजको मा देखीने भएका हुन् । शोमा करण जोहरसँगै मिथुन चक्रवर्ती र परिणिती चोपडा पनि निर्णायकको भूमिकामा देखिने भएका छन् ।

केही समयअघि सो शोको प्रोमो सार्वजनिक भएको थियो, जसमा परिणीति प्रतियोगीहरूको संघर्षको कथा सुनेर रोइरहेकी थिइन् । यसैबीच, अब शोको दोस्रो प्रोमो सार्वजनिक भएको छ जसमा करण जोहर प्रतियोगीहरूसँग रमाइलो गरिरहेको देखिन्छ। कलर्स टिभीको नयाँ शो ‘हुनरबाज’ जनवरी २२ बाट सुरु हुँदैछ ।

शो सुरु हुनुअघि नै यसको प्रोमोले मानिसको ध्यानाकर्षण गराउन थालेको छ । शोको नयाँ प्रोमोमा करण जोहरले प्रतियोगी रोहितको साथमा रमाइलो प्रस्तुति दिइरहेका छन् । रोहित र करणले टिप–टिप बर्षा पानी गीतमा डान्स गरेर स्टेजमा आगो लगाएका थिए । मिथुन चक्रवर्ती र परिणिती चोपडाको धुवाँदार प्रदर्शन देखेर हालत खराब भएको थियो ।

केही समयअघि करण जोहरले ‘हुनरबाज देश को शान’ को मेकिङ भिडियो सेयर गर्दै आफू सधैं ट्यालेन्ट शोको जजको सिटमा बस्न मन पराउने बताएका थिए । करण भन्छन् कि जजको सिटमा बस्न तयार हुने बित्तिकै उसलाई भित्रबाट यस्तो अनुभूति हुन्छ कि यस पटक केही फरक देखिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर